नेशनल मेडिकल कलेजका एमडी र ल्याब प्रमुखलाई थुनामा राखि अनुशन्धान गर्न दोस्रो पटक ५ दिनको म्याद थप


२८ चैत,रामबाबु मेहता, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई थप ५ दिन थुनामा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत पर्साले नेशनल मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई थप ५ दिनप्रहरी हिरासतमा राख्ने अनुमति दिएको हो ।

अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित सोमबार पक्राउ परेका एमडीसहित २ जनामाथि अनुसन्धान गर्न मंगलबार २ दिनको म्याद थप गरेको थियो ।

प्रहरीमा जाहेरी परेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउनका लागि मंगलबार पहिलो पटक म्याद थपका लागि एमडी शाहनवाज र ल्याब प्रमुख संजयलाई प्रहरीले अदालतमा हाजिर गराएको थियो ।

नेशनल मेडिकल अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित दुबैजनामाथि अनुसन्धान गर्न पुन्ह ५ दिनको म्याद थप गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराधमा म्याद थप गरेको हो । उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध जाहेरी दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close