तेलकुवाँमा नि:शुल्क दन्त शिविर, दुई सय बन्दा वढिले गराए उपचार

पन्नालाल दास
चैत ३
बाराको महागढीमाई नगरपालिका- ७ तेलकुवाँमा वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंहको पहलमा नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा दाँतका विरामी महिला पुरुष तथा बालबालिका गरी २ सय ९ जनाले शिविरबाट उपचार गराएका छन् ।
शिविरमा आएका मध्ये दाँतमा समान्य समस्या भएकालाई तत्काल उपचार गरिनुको साथै औषधि समेत वितरण गरिएको साथै २८ जनाको दाँतत निकालिएको बडा अध्यक्ष सिंहले जानकारी गराएका छन्
महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष शिबेन्द्र प्रताप सिंह , विशिष्ट अथितीमा नेशनल मेडिकल कालेज तथा शिक्षण अस्पताल वीरगंजका प्रवक्ता सेराज अहमद लगाएतको उपस्थिति रहेको थियो। दन्त शिविरमा डाक्टर अबिनाश सिंह , डाक्टर हरेन्द्र मोहन सिंह, डाक्टर राजेश साह, डाक्टर सुर्बी मिश्रा र डाक्टर सिमा यादव लगाएतले सेवा दिएका थिए।






