मुम्बइबाट उद्दार गरिएका ८ जना बालक स्वदेश फिर्ता लयाइयो


कलैया,
भारतको मुम्वईबाट बालश्रम गर्न पुगेका ८ जना बालकहरुको उद्दार गरी स्वदेश फिर्ता लयाइएको छ ।
स्वदेश फिर्ता ल्याइएको बालकहरु मध्ये रौतहटका ७ जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने कपिलबस्तुको १ जना बालकलाई अभिभावकको जिम्मा लगाउने तयारी भईरहेको संरक्षण नेपालको बृजमोहन कुशवाहाले बताए ।
उक्त बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी र बाल हेल्पलाइन १०९८ बाराको सहकार्य तथा एटविन ,युनिसेफको सहयोगमा ती बालकहरूलाई नेपाल स्वादेश फिर्ता ल्याएको हो ।
उद्दार गरी ल्याइएका बालकहरुलाई जिल्ला प्रहरी कार्यालय, बारामा एक कार्यक्रम गरी जिल्ला प्रहरी कार्यालय बाराका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक दधिराम न्युपाने, संरक्षण नेपालका अध्यक्ष बबिता जयसवाल, बाल हेल्पलाइन १०९८ बाराको प्रतिनिधि लगायतका सरोकारवालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको संरक्षण नेपालका बृजमोहन कुशवाहाले जानकारी दिए।
उद्दार गरिएका बालक दुर्गाभगवती गाउँपालिका १ जना, गढीमाई नगरपालिका १ जना, बृन्दावन न।पा। १ जना, परोहा नगरपालिका ३ जना र कपिलबस्तु जिल्लाका मायादेवी गाउँपालिका १ जना रहेका छन् । उद्धार गरि ल्याइएका बालकहरु १३ देखि १७ सम्म बर्ष उमेर समुहका रहेका छन ।
उद्धार गरिएका ती बालकहरू ८ देखि ३ महिना पहिले विभिन्न प्रलोभनमा पारी चिनजानका आफन्तसँग भारत पुगेका थिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा भारतीय प्रहरीले उद्दार गरेको थियो ।
संरक्षण नेपाल बाराका प्रतिनिधि पारस प्रसाद जयसवाल तथा बृजमोहन कुशवाहा भारतको मुम्बई पुगी बाल कल्याण समिति मुम्बई र महिला तथा बालबालिका विभागसँग समन्वय गरी बालकलाई नेपाल ल्याइ अभिभावकको जिम्मा लगाएका हुन् ।
उक्त बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषद, नेपाल प्रहरी र बाल हेल्पलाइन १०९८ बारा, संरक्षण नेपाल, बाराको सहकार्य तथा एटविन, युनिसेफको सहयोगमा ती बालकहरुलाई उद्धार गरिएको हो ।
नेपालबाट भारत गएका ति बालकहरु ८ महिनाअघि सम्पर्कविहीन भएको छोरा भेटिएपछि एक बालकका अभिभावकले खुसीहुँदै भनिन्,ुअब छोरालाई स्कुल पढाउँछु। राम्रोसँग हेरविचार गर्छु।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close