सशस्त्र प्रहरी पर्साद्वारा करिब २ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद

रामबाबु मेहता । पर्सा जिल्लाका सशस्त्र प्रहरी बलले करिब २ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
भारतबाट बीरगन्जतर्फ ल्याउँदै गरेको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीले भन्सार छलीका हार्डवेयर किराना सामान, कपडा, साडी र मोटरपार्टस लगायतका सामान बरामद गरेको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता संगम श्रेष्ठले जानकारी गराए ।
श्रेष्ठले जनाए अनुसार सिमा सुरक्षा गुल्म भन्सारबाट खटिएको सशस्त्र प्रहरीको टोलीले साइकलमा लोड गरि ल्याइरहेको अवस्थामा सो सामानहरु बरामद भएको हो ।
१ लाख ८३ हजार मूल्य बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठले जनाए ।बरामद भन्सार छलीका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा सशस्त्र प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस






