सिम्रौनगढमा प्रहरी उपरीक्षक खडकाको स्वागत र अन्तरक्रिया सम्पन्न

३० वैशाख,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित उद्योग वाणिज्य संघको सभा कक्षमा अन्तरक्रिया एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको अध्यक्षता तथा बारा प्रहरी उपरीक्षक महेन्द्र खडका प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वक्ताहरुले लागू औषधको कारोबार गर्ने गिरोह का मालिकलाई पक्राउ गर्ने ,किसानको लागि बिउ, मल औषधि उपलब्ध, भन्सार ब्यवस्थापन, अपराधी उम्कन नपाओस्, मिटरब्याजीहरुमाथि अनुसन्धान गर्नुपर्ने, जिल्लामा तस्करी नियन्त्रण गर्नुपर्ने लगायतमा जोड दिएका छन् । वक्ताहरुले उठाएका प्रश्नहरुबारे जवाफ दिँदै प्रहरी उपरीक्षक खड्काले यहाँका कतिपय समस्याहरु राज्य , र स्थानीय सरकारले हेर्ने भएकाले आफूहरु सबैसंग समन्वय गरेर अघि बढ्दे जाने बताए। सो कार्यक्रममा सिम्रौनगढ नगर पालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार,उप प्रमुख नज्मु सेहर वाडा अध्यक्ष अवधेश सहनी ,राम दिनेश यादव ,उधोग वाणिज्य संघ सिम्रौनगढका पुर्व अध्यक्ष राम बाबू कुशवाहा निवर्तमान अध्यक्ष जयन्त कुशवाहा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता लगायतकाले आफ्ना जिज्ञासा् राखेका थिए ।






