बारामा मृतकको ‘लास’ अस्पतालमा , न्याय माग्दै परिवार,समर्थक सडकमा चौथो दिन पनि प्रदर्शन जारी,

पठनपाठन ठप्प शिक्षक कर्मचारी आन्दोलमा

रामबाबु मेहता — बाराको सिम्रौनगढमा प्रहरीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएको घटनालाई लिएर न्याय माग्दै मृतकका परिवार÷समर्थक,आफन्त र नेपाली कांग्रेस पार्टीले शनिवार चौथो दिन पनि प्रदर्शन जारी राखेका छन् भने मृत्कको लास चार दिन देखि वीरगंज स्थित नरायणी अस्पतालमा राखिएको छ ।
घटनाको सत्य तथ्य छानबिन सहित गोली हान्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक लाई सहिद घोषना परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र मेयर किशोरी प्रसाद कलवारले राजीनामा दिनुपर्ने र प्रहरी निरिक्षक रबिभुषण यादवलाई कारवाही हुनु नाराबाजी गर्दै उनीहरुले पूर्व–पश्चिम राजमार्गको निजगढ खण्डमा प्रदर्शन गरेका छन् । निजगढमा २ बजेदेखि केही घण्टा राजमार्ग ठप्प पारी टायर बालेर प्रदर्शन गरेका छन् ।
नेपाली काग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तथा सिम्रौनगढका पूर्व मेयर बिजय शंकर यादवको अगुवाइमा भएको उक्त प्रदर्शनमा स्थानीय नगरवासी, मृतकका आफन्त, कांग्रेसका वहालवाला र पूर्वजनप्रतिनिधि, नेता, कर्मचारी तथा शिक्षकहरू रहेका छन् ।
सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक–कर्मचारी र प्रहरीबीच बुधबार भएको झडपको क्रममा प्रहरीको गोली लागी सिम्रौनगढ नगरपालिका वाडा नम्बर –१ ननसगराढाट गाउँका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको थियो । उनको शव नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि आफन्तले हाल सम्म शव बुझेका छैनन् ।
मुख्यमन्त्री र मेयरको उक्साहटमा प्रहरी निरिक्षक रबिभुषण यादवको आदेशमा प्रहरीले गोली चलाएको प्रदर्शनकारीको आरोपरहेको छ ।
सिम्रौनगढ नगरपालिकमा प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई मेयर कलवारले हाजिर गराउन खोजेपछि पाँच महिनादेखि नगरपालिकाको मूलद्वारमा तलब नपाएर आन्दोलनमा बसी रहेका शिक्षक कर्मचारी र प्रहरीबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । नगर अस्पताल महिनौंदेखि र विद्यालयहरूपूर्णमा सातादेखि बन्द रहेको छ ।
नगर प्रमुख जयसवाल र बहुमत कार्यपालिका सदस्यहरुबीचको बिबादका कारण समयमा नगर परिषद सम्पन्न नहुदा र बिगतमा भएको बिकास कार्यमा देखिएकोे अनिमितता भ्रष्टाचरी तथा बेरुजु रकम साथै कामै नगरि भुक्तानी दिइएका रकम, आनावशयक इनधन खर्चका कारण प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,जिनसी शाखा प्रमुख,इन्जीनियर,ओभरसियर लयायतका अधिकांश स्थायी र करारका क्रमचारीहरु निलम्बनमा परेका छन् ।
दरबन्दी अनुसारको कर्मचारी अभाव हुदा समेत मन्त्रालय र बिभागले कोही कर्मचारी पठाउन नचाहेको र सिम्रौनगढ आएको कर्मचारी पनि पालिकाको जन प्रतिनिधि बिचको बिवादका कारण डरले पुन्ह फर्केर जाने गरेको अवस्था कायम स्थानियहरु बताउछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close