कांग्रेस बाराका सचिव यादव प्रहरी कार्यालयमै प्रहरीबाट कुटिए

रामबाबु मेहता,
साउन ४ गते-
सवारी दुर्घटनाको विषयमा पीडित र पीडकबीच उपचार खर्चको बारे भइरहेको छलफलमा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पुगेका कांग्रेस बाराका सचिव भैयाराम यादव प्रहरी कार्यालयमै प्रहरीबाट कुटिएका छन् ।
बराका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले पहिला थपड प्रहार गदै उनकै आदेशमा इन्स्पेक्टर रुपेश साहलगायतले आफूलाई कुटपिट गरेको सचिव यादवले बताउनु भयो । कुटाइले उहाको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । उहा उपचारका लागि वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेस्लिटी अस्पतालमा भर्ना हुनु भएका छन् । ५० वर्षीय घाइते भैयाराम महागढीमाई नगरपालिका–७ बेनौली निवासी हुन् । कुटपिटपछि प्रहरीले उनलाई केही घण्टा नियन्त्रणमा समेत लिएको थियो
।

मंगलबार बेलुका सवा ७ बजेतिर भएको घटनाका बेला जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीसहित प्रमुख जिल्ला अधिकारीसहित सँगै कार्यालय बाहिर थिए । घटनामा संलग्न भएकालाई कारबाही माग गर्दै कांग्रेस र एकीकृत समाजवादीले नारा जुलुस गर्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई बुधबार ज्ञापनपत्रमार्फतबुझाएका छन् ।
दुर्घटनाका पीडित पक्षले फोन गरेपछि प्रहरी कार्यालय पुगेको थिए । प्रहरी निरीक्षक साहले सबै नेता दलाल छन् भनेपछि प्रतिवाद गर्न खोज्दा डीएसपी पाण्डेको आदेशमा कपाल तानेर लडाइदिए । घिसार्दै प्रहरी नियन्त्रण कक्षमा ल्याएर लात, बुट र हातले कुटाइ गर्दै फोहोर गालीको समेत दिदै आफुलाई प्रहरीले नियन्त्रणमा रखोको पिडित यादब बताउनु हुन्छ । घटनाको केहीबेरपछि एसपी बोगटी कार्यालयमा आएपछि उनको आदेशमा आफुलाई छाडेको यादवले बताउनु भयो ।
प्रहरी निरीक्षक साहले दुर्घटना भएको विषयमा पञ्चहरुले सही निर्णय नगरेको कारण प्रहरीमा झमेला बढ्ने गरेको बताएपछि भैयारामलाई दुःख लागेर विवाद भएको बताए । तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । त्यहीं घटनाको पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा भैयाराम त्यहाँ पुगेका थिए । एसपी बोगटीले आफू कामको सिलसिलामा कार्यालय बाहिर रहेका बेलामा लफडा भएको बताउनु हुन्छ । घटनाबारे सत्यतथ्य बुझेर पीडितसित छलफल गरेर विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाइसकेको छु, उहाले भन्नु भयो , प्रहरीले चिनेर त्यस्तो दुर्व्यवहार गरेको छैन । वादविवाद परेपछि दिनभर तनावमा रहेको प्रहरीसित त्यस्तो घटना हुन गएको रहेछ ।’






