व्यापारीलाई अनाहकमा दुख दिने प्रहरी लाई कार्वाही हुने, गृहमन्त्री लामिछाने

विरगंज,चैत्र २९
व्यापारीलाई अनाहकमा दुख दिने प्रहरी लाई कार्वाही हुने,अवैध चोरी, पैठारी तथा तस्करीको रोक्न गृहमन्त्री लामिछाने निर्देश दिएका हुन ।
वीरगञ्जको गण्डक स्थित होटल क्लार्क रिसोर्टमा आयोजित राजस्व चुहावट सम्बन्धी कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
देशकै प्रमुख प्रवेशद्वार तथा औद्योगिक एवम् आर्थिक नगरी मानिने वीरगञ्जबाट राजस्व चुहावटलाई कम गर्ने विषयमा भन्सार प्रशासक तथा सुरक्षा निकाय एवम् सम्बन्धीत सरोकारवालासंग छलफल गर्ने क्रममा उनले प्रहरीहरुलाइ यस्ता निर्देशनहरु दिएका हुन ।
बारा, पर्साका सीमा नाकाबाट व्यापक रुपमा हुने तस्करी नियन्त्रण तथा राजस्व चुहावटलाई रोक्नका लागि उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । राजस्वको लक्ष्य भेटाउनका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्दै उनले अवैध रुपमा हुने चोरी, पैठारी तथा तस्करीको नियन्त्रणमा कुनै कसर बाकी नराख्ने बताएका छन् । गृहमन्त्री लामिछानेले यस अघि राजस्ज तथा नेपाल प्रहरी र शसश्त्र प्रहरी लगायतका निकायका सुझाव समेत लिएका थिए । अव कु्नै पनि अर्थमा नेताको घर र ढोका धाउनेहरुको कल्याण नहुने धारणा राख्दै गृहमन्त्री लामिछानेले सीमावती क्षेत्रबाट हुने सबै प्रकारको अपराध प्रकृतिको बारेमा आफु जानकार रहेको हुनाले यस्तालाई कसैले पनि बचाउन नसक्ने समेत बताएका हुन् ।
उनले नेपालको बिद्यमान जटिलताको निदान गर्न बर्तमान सरकार निर्माण भएको धारणा राख्दै परिणाम दिन नसक्ने कुनै पनि कर्मचारी अव चयनले बस्न नसक्ने समेत समेत बताए । आजै उद्योगी तथा ब्याबसायीहरुको समेत सम्बोधन गर्नुहुृंदै राजस्व चोरी गर्ने, भ्याट नतिर्ने, अवैध काराबार गर्ने जो सुकै भएपनि कारवाहीको कठघरामा खडा हुनुपर्ने बताएका हुन ।






