कलैया बजारबाट बाल श्रम र श्रम शोषण अन्त्य गर्न मेयरसाहकोप्रतिबद्धता

कलेैया,

संरक्षण नेपाल बाराको आयोजनामा श्रम शोषणसँग स्थागमन तथा मानव बेचविखन मुद्दाहरु सम्वोधनका लागि बाल श्रम र लैङ्गिक हिंसा अन्त्य सम्वन्धी विहिवार कलेैया उप महानगरपालिकाको सभा हलमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विनोद साहले कलैया बजारबाट बाल श्रम र श्रम शोषण अन्त्य गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। सरोकार बाला मिलेर कलैया बजार अनुगमन गरि होटेल अन्य व्यवसायमा काममा रहेकालाई उचित व्यवस्थापन गर्न बताए। अवस्था र वाध्यतालाई सूक्ष्म रुपले केलाएर अगाडी बढ्न दृढ रहेको उनले थपे ।बाल श्रमिकको तथ्याँक संकल्न जति सक्दो चाँडो तयार गरि वालश्रम निर्मुल गर्न कुरा बताए। महिला हिंसा २ वर्ष यता न्यून रहेको बताए । नगर उप प्रमुख रोशन प्रविणले नगरपलिकाको साथ समर्थन रहने बताईन। प्रमुख प्रशासकिय अधिकृत नाथु साहे वालवालिकाको क्षेत्रमा अग्रणी रुपमा काम गरिरहेका संरक्षण नेपालसँग हाते माले गर्ने बताए।
बोर्डर प्रहरी चौकी मटिअर्वा , बसतपुर र मुसहर्वाका प्रहरीले मानव बेचनको बारे बताएका थिए। यसै गरि जिल्ला प्रहरी कार्यलयका महिला वालवालिका ज्येष्ठ नागरिक शाखाका सहायक प्रहरी निरिक्षक रागनी यादवले बाल श्रमको मुददा नपरेको लैङ्गिक हिंसा उजुरी र कार्यवाही बारे बताईन।यसै क्रममा १७ जना वालवालिका फेला परेको तथ्याँक रहेको अवगत गराईन्।
नेपाल पत्रकार महासंघब बाराका पन्नालाल दासले बाल श्रम शोषण निर्मुल पार्न कलैया उप महानगरपालिका र सरोकार संस्था मिलि ठोस रुपमा योजना बमाई यश तर्फ लाग्न सुझाएका थिए। समनरक्षण नेपालर वा हेल्प लाईनको १०९८ ले बाल बालिखो उद्दारमा महत्वपुर्ण भुमिका खेल्दै आएकोमा अब कलेयामा रहेको होटेल, ईलमको नाममा ग्यारेजमा रहेका लगायत मगन्तेको रुपमा फैलिएको विगविगिलाई बाधयताबस वा गरिबी र अशिक्षाले निर्मुल्ताको लागि काम गर्ने जरुरी रहेको औल्याए। गैससका प्रतिनिधि सावित्री शर्मा, बारा कलैयाको प्रमुख नाका मटिअर्वाका जनप्रतिनिधि समस्यार पहलबारे बताएका थिए। कार्क्रमका अध्यक्षता संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले गरेका थिए भन्ने स्वागत मन्तव्य पारस साहको रहेको थियो। कार्यक्रमबारे सहजिकरण लालवावु कुश्बवाहले गरेका थिए भन्ने कार्यक्रम संचालन प्रग्रम अधिकृत मुकेश कुश्वाहाले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close