बारा-३ मा एमाले-जसपा र गठबन्धनका उम्मेदवार बीच कडा प्रतिस्पर्धा

रामबाबु मेहता-
आसन्न निर्वाचनमा प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नं ३ मा सत्ता गठबन्धन, नेकपा एमाले र जनता समाजवादी पार्टी र गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
सो क्षेत्रमा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसको समानुपातिक कोटा बाट पूर्व संविधानसभा सदस्य तथा हाल लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लालबाबु सिंह, जसपाबाट सो पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादव र एमालेबाट सो पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्व राज्य मन्त्री ज्वालाकुमारी साह उम्मेदवार रहेका छन् ।
अन्य केही क्षेत्रमा जसपा र नेकपा एमालेबीच चुनावी तालमेल भए पनि बारा क्षेत्र नम्बर ३ मा दुवै दलबीच तालमेल हुन सकेन । एमाले र जसपा दुवै दल प्रतिस्पर्धा मा उत्रिने भएसँगै त्यसको प्रत्यक्ष लाभ सत्तारुढ गठबन्धनका उम्मेदवार लालबाबु सिंहलाई हुने देखिएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका लोसपाका सिंह २०७४ को निर्वाचनमा बारा क्षेत्र नम्बर ४ मा तेस्रो स्थानमा सीमित रहेका थिए । जसपाका उम्मेदवार रामबाबु यादव बारा-३ का निवर्तमान संघीय सांसद हुन् । को निर्वाचनमा यादवले एमाले नेता अध्यानन्द पाण्डेलाई ५ हजारभन्दा बढी मतले पराजित गरेका थिए । यस्तै २०७४ २०७४ को निर्वाचनमा ज्वाला कुमरी साह नेकपा माओवादी केन्द्र बाट बारा क्षेत्र नं ३ को क बाट प्रदेश सदस्यमा निर्वाचित भएकी थिईन ् ।






