सांसद दाहालले भने, ‘प्रहरीलाई स्वचालित बनाउनुपर्छ’
सोमबार, १६ असार काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद राजन दाहालले प्रहरीलाई स्वचालित बनाउने गरी ऐन जारी गर्नुपर्ने बताएका छन् ।
सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकबारे छलफलमा भाग लिँदै दाहालले भने, ‘सरकारको गैर कानुनी र स्वेच्छाचारी आदेश नियन्त्रण गर्ने गरी विधेयक अघि बढाउनुपर्छ, प्रहरीलाई स्वचालित बनाउनुपर्छ ।’
प्रस्तावित प्रहरी विधेयक र सशस्त्रको विधेयकमा दुवै सङ्गठनलाई समान भूमिका दिन खोजिएको उल्लेख गर्दै दाहालले भने, ‘दुई वटै सङ्गठनको प्रस्ट क्षेत्राधिकार तोकिनुपर्छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथि मात्रै दफावार छलफल थालिएकोमा दाहालले दुवै सङ्गठनको विधेयक सँगसँगै टुङ्ग्याउनुपर्ने बताए ।
उनले भने, ‘दुई सङ्गठनको बिचमा देखिएको दोहरोपन हटाएर विधेयक अघि बढाउनुपर्छ ।’
आफ्नो प्रतिक्रिया दिनुहोस





