बद्नाम गराउनलाई मात्र बिपक्षिहरु म माथि आरोप लगाएको – मेयर कलवार

बारा –
बारा जिल्लाको इतिासिक स्थल सिम्रौनगढ़ नगरपालिकाको कार्यालयमा केही दिन अगाडी बिधार्थीहरु द्वारा भएको तोडफोडको बिषयमा नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्षहरुले शुक्रवार पत्रकार सम्मेलन गरी मेयर माथि वाडा अध्यक्षहरुले बिभिन्न आरोप लगाएका थिए । सोही आरोपहरुको खण्डन तथा प्रतिक्रिया दिनको लागि आफ्नै सभा हलमा नगर प्रमुख किशोरी प्रसाद कलवारले आइतवार पत्रकार सम्मेलन गरेका छन ।
यही असोज ४ गते शैक्षिक भ्रमणका लागि रकम माग्न पुगेका बिधार्थिहरुको समुहले नगरपालिकाको कार्यालयमा तोडफोड गरिएको थियो र सो घटनामा नगरपालिका कार्यालयको ८५ लाख ७० हजारको सम्पति नस्ट भएको घटना एकदमै निन्दनीय रहेको छ र घटनामा संलग्न व्यक्तिहरु माथि कडा भन्दा कडा कार्यवाही समेत हुने मेयर कलवारले बताउनु भएको छ ।
नगरपालिका आफ्नै सभा हलमा नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्षहरु अवधेश सहनी, राजकुमार यादव, अजिउलाह अन्सारी, शिव मंगल कुशवाहा, अर्बिन्द मुखिया, दिनदयाल मुखिया, रामएकवाल प्रसाद यादव लगायतकाले यही असोज ८ गते शुक्रवार पत्रकार सम्मेलन गरेर मेयर किशोरी प्रसाद कलवारले एकलौटी ढंगले हिडेको र अनावश्यक खर्च तथा कर्मचारीहरुलाई समयमा तलब नदिएको, अहिले सम्म खाता संचालन नगरेको, साथै बेलामा बैठक नगराएको, तथा बैठक गराए पनि एक छिन बस्ने र उठेर गइदिने साथै बिधार्थीहरुलाई शैक्षिक भ्रमणको लागि खर्च उपलब्ध नगराएको जस्ता अनेक आरोप पत्रकार सम्मेलनमा कलवार माथि लगाएको थियो ।
यता ड़ेंगुले गर्दा म स्वयम् बिरामी भएको थिए र डेंगुको कारण अहिले बिधार्थीहरुलाई भ्रमणमा नजान मैले आग्रह गरेको थिए र बिधार्थिहरु आफ्नो चित बुझाएर समेत पालिका बाट बाहिर गए तर अचानक उनीहरु आएर नगरपालिकामा तोडफोड गर्न थाले । यो तोडफोड नेपाली कांग्रस बाट निर्वाचित वडा अध्यक्षहरुले बिधार्थीहरु लाई उक्साएको कारण मात्र भएको मेयर कलवारले बताउनु भयो । यस्तै खाता संचालन गर्न मैले पहिल्यै नै आदेश दिई सकेको छु । तर हाम्रो लेखापालको लापरवाहीले गर्दा मात्र खाता संचालन मा ढिलो भयो र अब त्यो पनि १-२ दिनमा खाता सुचारु हुनेछ । सोही क्रममा उहाले हामीले आफ्नो गाडीको लागि वा जथाभावी तेलको कुपन बाडेका छैनौ । पहिलाकै मेयरको पालाको ७२ लाख जतिको तेलको भुक्तानी बाकी रहेको छ, त्यो कुरा यहाँहरु पनि पेट्रोल पम्पमा समेत पुगेर बुझ्न सक्नुहुनेछ भनि मेयर कलवारले बताउनु भयो । मलाई बद्नाम गर्न गराउनलाई मात्र बिपक्षिहरु म माथि आरोप लगाएका छन । पहिलाको मेयरको पालामा वाइफाई जडानमा अनियमितता भएको तथा वडा अध्यक्ष अवधेश सहनीले दर्ता चलानी रजिष्टर उठाएर आफ्नो घर लागेको भन्दै मेयर कलवार पत्रकार सम्मेलनमा बताउनु भएको छ ।




