तोकिएको मितिमा निर्वाचन हुन्छ : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्। भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले मुलुकको गतिका लागि पनि निर्वाचन आवश्यक रहेको बताएका हुन्।

संयोजक प्रचण्डले निर्वाचन हुने या नहुने भन्नेमा दुबिधामा नरहन आग्रह गरे। सरकारले निर्वाचन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। उनले भने,ʻमैले आफ्नो दलको टिकट बाँड्न थालिसके , मैले सरकारको कुरा बुझेको छु। जनता पनि अब चुनावी मानसिकतातिर अघि बढेका छन्।ʼ
संयोजक प्रचण्डले मुलुकलाई गति दिनका लागि निर्वाचन जसरी पनि भयरहित निष्पक्ष हुनेमा विश्वास व्यक्त गरे। ठुलो दल कांग्रेसको आधिकारिता र चुनाव चिह्नको विवादले निर्वाचनमा कुनै असर नपर्ने उनले बताए। उनले निर्वाचन हुनेमा लाग्न अपिल गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close