अवैध हातहतियार सहित बारामा १ जना पक्राउ

रामबाबु मेहता-
अवैध हातहतियार सहित बारामा एक जना यूवा पक्राउ परेको छ । पक्राउ पर्नेमा पचरौता न.पा.वडा नं.८ बाजोपट्टी टोल बस्ने वर्ष २९ को अमर राय यादव रहेको प्रहरीले जनाएको छ ।
चुनाव नजिक्दै जादा जिल्लामा बिभिन्न किसिमका अपराधिक गतिविधि न्यूनिकरण गर्दै अगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूणर् रुपमा सम्पन्न गर्ने उदेश्यले बारा प्रहरी सिमावर्ती नेपाल भारत सिमावर्ती क्षेत्रबाट अवैध सानो हातहतियार नेपाल भित्रिन नदिन सिमावर्ती क्षेत्रमा परिचालन गरिएको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा मंगलवार बेलुकाको समयमा जिल्ला बारा पचरौता न.पा वडा नं.९ तियर खोला पुल स्थितमा प्रहरीेले चेकजाँच गर्दा यादवले बोकी ल्याएको प्लाष्टिकको बोराको झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध घरेलु कटुवा पेस्तोल थान-१ र ब्प्-द्धठऋऋऋए कम्पनीको चक्कु थान-१ फेला परेको हुँदा निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद
अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डीएसपी) राजेश थापाले जनाएका छन्






