महागढीमाइ नगरपालिकाको सब ओभरसियर साह अफै ठेकेदार
गुण स्तरहिन कामभएकाले २० दिन नपुग्दै कल्भर्ट भत्कियो

रामबाबु मेहता, असार १७ ।
बाराको महागढीमाई नगरपालिकाको सब ओभरसियर आफै योजनाको ठेकेदार बनी निर्माणकार्य गरिदै आएको रहस्य खुलेको छ । महागढीमाई नगरपालिकाको सब ओभरसियर श्याम साह तथा ईन्जिनियर लक्ष्मुण रजकको मिलोमतोमा नगर भित्रका नाला निर्माण ,कल्भर्ट , मन्दिर निर्माण लगायतको निर्माणकार्यमा आफै ठेकामा लिएर गराएको अधिकांश योजनामा गुणस्रहिन काम गरेको स्थानियहरुले आरोप लगाएका छन् । महागढीमाई नपाको आ ब ०७८/०७९ को बिनोयोजित रकम मध्ये २५ लाख बजेट मार्फत महागढीमाई वार्ड १ भट्टि पुल स्थित रहेको कल्भर्ट र नाला निर्माणमा अनियमितता भएको स्थानीयहरुले गुनासो गरेकस छन । नाला निर्माण भएको २० दिन नपुग्दै बर्षाको पानीले भत्काएको छ । गुणस्तरहिन निर्माणकार्य भएको तथा असारे बजेट कुमल्याउने काम मात्र भएको देखिएको छ । ओभर सियर र इन्जिनियर ले नै योजनाको मुल्याङ्कन गर्ने भएको हुदा सब ओभर सियर साहले आफै ठेका लिएर गरेको कामको उच्च मुल्याङ्कन गदै वर्षौ देखि काम गदै आएको स्थानियहरुले जानकारी गराएका छन् । सरकारले बनाएको स्थानीय सरकार संचालन ऐन २०७४ मा स्थानीय तहमा कार्यरत कुनै पनि कर्मचारीले आफ्नो मातहतमा वा ठेक्कापट्टाको काम आफुले नगर्ने उल्लेख भएपनी सब ओभरसियर साहले गुणस्तरहिन बालुवा ,ईट र डण्डी प्रयोग गरि लाखौ भ्रष्टाचार गरेको स्थाहरु बताउछन । सब ओभरसियर साहले महागढीमाई नपा ८ स्थित मन्दिर निर्माण , प्रहरी चौकी तेलकुवाको शौचालय निर्माण , माटो पुरी ग्राभेल लगायत अधिकांश काममा आफै ठेकेदार भैइ काम गर्दै आएपछि सबैतिर आलोचना भैईरहरदा समेत सम्बन्धित निकाय मौन रहेको छ ।




