भारतिय सिमा सुरक्षा बल (एसएसबी) को कुटाईबाट एकजना सख्त घाईते ,बाराको मटिअर्वा सिमा नाकामा तनाव

रामबाबु मेहता, २४ जेठ
भारतिय प्रहरीको कुटाईबाट आज एक जना नेपाली घाइते भएका छन् । चप्ल किन्नका लागि भारत मोतिहारी जिल्लाको सिमावर्ती बजार आदापुर जाँदै गरेकोकलैया उपमहानगरपालिका वाडा नम्बर १० मटिअर्वा का १६ वर्षिय भुलन ठाकुर धाईते भएका छन् । ठकुरको शरिरमा गम्भीर चोट रहेको स्थानियहरुले बताएका छन् । उनलाई उपचारकोलागि बीरगंज स्थित नरायणी अस्पताल लगिएको छ । घाइतेका परिवार र आफन्त जनले अनाहकमा आफना मान्छेलाई कुटपिट गरेको भन्दै दोषी एस एस बी को जवान माथि कार्यवाहीको माग गर्दै मटिअर्वा नाकाको म्ुलगेट बन्द गरेर प्रर्दशन मा उर्तेका छन् । स्थिती नियन्त्रणमा लिन दुबै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समस्या समाधान गर्न सिमा सुरक्षा बल नेपाल १४ नम्बर गणका शसस्त्र प्रहरी नायबउपरिक्षक ध्रुव खडका र भारतिय सुरक्षा बलका पदाधिकारीहरु बीच बर्ता भइरहेको छ ।



