आधी दर्जन भन्दा बढी मोटरसाइकल चोर पक्राउ, एक दर्जन मोटरसाइकल बरामद

रामबाबु मेहता-बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सात जना चोरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबेन्द्र बोगटीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । उनका अनुसार जिल्लाको विभिन्न स्थानबाट चोरी भएको १२ ओटा मोटरसाइकलसहित सात जनाको गिरोहलाई नियन्त्रणमा लिन बारा प्रहरी सफल भएको छ भने अन्यको खोज तलास जारी रहेको जनाइएको छ ।

चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, बिआर ०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, , ना ४१ प ८४६८, बा ९० प ५००८, मधेश प्रदेश ०३ ०२६ प ९९५६, बा ६४ प ४६८४ र दुईवटा अन टेस्ट नयाँ मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय विर्धोज वाईवा, सोही ठाउँका १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्ने २० वर्षीय दीपेन्द्रकुमार महतो, सोही ठाउँका १९ वर्षीय राधेश्याम महता, सोही ठाउँका २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका वडा नम्बर ९ का २० वर्षीय राजीनन्द महतो र रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर २ का २६ वर्षीय पञ्चालाल बलोनलाई नियन्त्रणमा लिएर कार्यवाहीकोलागि कानुनी प्रक्रीया अगाडी बढाएको प्रहरी उपरिक्षक बोगटीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close