आफ्ना उम्मेदवार रमेश यादवलाई जिताउन बारा क्षेत्र न २ मा नेकपाको १०१ निर्वाचन परिचालन समिति

बारा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारा निर्वाचन क्षेत्र नं. २ ले प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ लाई लक्षित गर्दै आफ्ना उम्मेदवार रमेश यादवको विजय सुनिश्चित गर्न समन्वय समितिको महत्वपूर्ण बैठक सम्पन्न गरेको छ।
राम सुरेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त बैठकले संगठनात्मक सुदृढीकरण, निर्वाचन व्यवस्थापन तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउने उद्देश्यसहित सर्वसम्मत रूपमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकका प्रमुख निर्णयहरू यस प्रकार छन्:
विजेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
केन्द्रीय, प्रदेश तथा पालिका तहका नेताहरू सम्मिलित निर्वाचन परिचालन सचिवालय गठन
राजेन्द्र प्रसाद कलवारको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति गठन भएको छ ।
निरंजन कुमार साहको संयोजकत्वमा ९ सदस्यीय प्रचार–प्रसार समिति गठन
महागढीमाई नगरपालिका–२, बरियारपुरमा निर्वाचन परिचालन कार्यालय स्थापना गर्ने निर्णय भएको केन्द्रिय सदस्य बतहु यादव ले जानकारी गराए ।
बैठकले जनतामाझ पार्टीको नीति, कार्यक्रम र उम्मेदवार रमेश यादवको एजेन्डा प्रभावकारी रूपमा पुर्‍याउने रणनीति बनाउँदै संगठनलाई थप एकजुट र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
पार्टी नेताहरूले बारा निर्वाचन क्षेत्र नं. २ मा परिवर्तन, विकास र सुशासनका लागि रमेश यादवको विजय अपरिहार्य रहेको जनाउँदै कार्यकर्ता तथा समर्थकलाई एकढिक्का भएर चुनावी अभियानमा जुट्न आह्वान गरिएको उम्मेदवार रमेश यादवले जानाएक छ्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close