प्रतिनिधिसभा सदस्यका उमेदवार शिवचन्द्र कुशवाहाको आफनो राजनितिक जिवन

रामबाबु मेहता,-
किसान परिवारमा जन्मेका बारा क्षेत्र नं २ का बाम गठबन्धनका उमेदवार शिवचन्द्र कुशवाहा यूवा कालमा बिभिन्न समस्याको सामना गर्दै २०३७ सालमा सलिम मिया अंसारी बाट प्रभावित भएर कम्युनिस्ट पार्टी(माले) मा लागेर राजनितिक यात्राको सुरुवात गरेको कुशवाहा २०४३ सालमा जनपक्षीय चुनावमा सलिम मिया अन्सारीको बुथ प्रतिनिधि भइ पोलीएजेन्ट भएर काम गरे -२०४६ सालको जन आन्दोलनमा सहभागी भइ नेकपा( एमाले )को गाउँ कमिटी सचीव बने । यस्तै -२०४७ सालमा नेकपा( एमाले) जिल्ला सम्मेलनमा जिल्ला कमिटी सदस्यको लागि ७ नं . इलाका बाट उम्मेदवारी दिदा ७ भोटले पराजित भएको भएका थिए । सेही यात्रामा उनी -२०४७ सालमा नेकपा एमालेको भातृ संघठन प्रा. यु युवा संघको जिल्ला कमिटी सदस्यमा मनोनीत भइ निरन्तर काम गर्दै गए । -२०५४ सालमा नेकपा एमाले बिभाजन हुदा नेकपा मालेको जिल्ला कमिटी सदस्य भई राजनितिक यात्रा लाई अगाडि बढाउदै कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन आफनो भुमिका खेल्दै गर्दै गए अति मेहनती र निडर स्वभाव भएका उनी -२०५४ साल माघ १६ गते नेकपा माओवादीमा प्रवेश गरि घनिभुत जनयुद्धमा भुमिगत भएको र देशको राज्य ब्यवस्था परिवर्तन गर्नका लागि गरिएको माओवदी जनयुद्धमा मा निरन्तर लडिरहे परिणम स्वरुप -२०५४ सालमा नेकपा माओवादीको भातृ संघठन अखिल किसान संघको पर्सा, बारा र रौतहट तिनै जिल्लाको अध्यक्ष पदको जिम्मेवारी सम्हाले रातदिनको मेहनतले गर्दा सफलता बाटोमा उनले -२०५५ सालमा नेकपा माओवादीको पर्सा, बारा, रौतहट र मकवानपुर जिल्ला संघठन समिति रहदा बारा जिल्ला २ न. एरियाको सेक्रेटरी भइ काम गर्न लागे कामको हिसाबले उनलाई – २०५६-५८ सालमा नेकपा माओवादीको बारा जिल्ला सेक्रेटरी भएर काम गर्दै जादा – २०५८ सालमा जिल्ला जन सरकार प्रमुख को जिमेवारी मा रही पार्टीको काम गर्दै गए सोही क्रममा उनी -२०५९-६० सालमा पर्सा जिल्लाको सेक्रेटरी भइ काम गर्दै जादा -२०६०-६१ सालमा जनयुद्धको बेला पार्टीको आन्तरिक अनुसन्धानको कर्वाहिमा १६ महिना कर्वाहीमा परेको र पुन्ह -२०६२ सालमा सर्लाही जिल्लाको सेक्रेटरी भइ उहा ९ महिना काम गरे यस्तै राजनितिक यात्रा अगाडी बढाउदै -२०६३ सालमा बारा जिल्लाको सेक्रेटरी भइ काम गर्दै गए देशको राज्य सता को बिरुद्ध गरिएको सो जनयुद्ध को रुपलाई परिवर्तन गर्दै नेकपा माओवादी र ७ राजनितिक दलका बिच १२ बुन्दे समझौता भई -२०६२/६३ सालको जन आन्दोलन थालियो सो आन्दोलनमा सहभागी भए यस्तै उनको राजनितिक यात्रा अगाडी बढदै जादा उनी -२०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा बारा क्षेत्र न. २ बाट संविधान सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भए । सोही क्रमम उनी -२०६५-६६ सालमा ए.नेकपा माओवादीको केन्द्रिय कमिटी सदस्य भइ काम गरेको र २०६६-७० साल सम्म पोलिट ब्युरो सदस्य र बारा जिल्लाको इन्चार्ज भइ काम गरेका हुन । -२०६६ सालको विशेष जिल्ला बिरगंजको इन्चार्ज हुदा बिरगंजको आन्दोलनमा घाइते भएको र २०६७ सालमा पार्टिले गरेको सिंहदरबार घेराउको आन्दोलनमा घाइते पनि भए । राजनितिक उतार चढाव का बिच उनी -२०७० सालमा संविधान सभाको दास्रो निर्वाचनमा पार्टीले टिकट नदिदा पीडा आक्रोशले सदभावना पार्टीको रास्ट्रीय केन्द्रिय उपाध्यक्ष भइ निर्वाचनमा भाग लिइ पराजित भए । पराजित भए पछि उनी कोही समय राजनितीबाट निष्क्रिय रहि ब्यक्तिगत र परिवारीक कामकाजमा लागि रहे । -२०७४ सालको स्थानीय चुनाव बखत नेकपा माओवादी( केन्द्र )मा पुन्ह फर्किआएको र २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि बारा क्षेत्र न. २ बाट उम्मेदवार भई चुनाव लडे र पुन्ह एक पटक पराजित भए ।


हाल मंसिर ४ गतेहुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उनी लोकतान्त्रिक बाम गठबन्धन बाट बारा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार हुन र उहालाई सघाउन प्रदेश सभा सदस्यमा -(क) बाट मोतिलाल कुशवाहा र (ख) बाट रामअयोध्या यादव रहेका हुन तीनै जनालाई मानपराउने र उहाहरुलाई सघाउने कार्यकर्ताको मेहनतले यसपाली उहाहरुलाई सफलता मिलने आशा गरिएको सोही क्षेत्रका यूवा सियाराम कुशवाहाले जानकारी गराएको छ । 






