तस्करीको मुख्य थलो बन्दै बेल्दारीको गुलरिया नाका

मुकेश मेहता, सिम्रौनगढ माघ १५ । बाराको पचरौता नगरपालिका स्थित गुलरिया नाका हाल तस्करहरुको लागि तस्करी गर्ने मुख्य थलो बनेको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल पिपरपातिको सशस्त्र प्रहरीको मिलेमत्तोमा राति राति तस्करी हुने गरेको स्थानियहरु बताउँछन् ।
भारत बिहारको छौडादानो सिमानाका संगै जोडिएको गुलरिया नाका भएर दैनिक रुपमा धान , गहु , तोरि , किराना सामग्री ,हार्डवेयरको मालसामान राजश्व छली गरि नेपाल भित्र्याउने गरिएको स्थानीयबासीहरुले बताएका छन् । दशगजा सिमाक्षेत्रको सुरक्षामा खटिएका सशस्त्र प्रहरी नै पैसा कमाउनेधन्दामा लागेपछि सिमानाकामा अवैध कारोबार मौलाउंदै गएको देखिन्छ ।
सिमानाका कै सो क्षेत्रमा अबैध रुपमा मदिरा पसल खुल्याम रुपमा संचालनमा रहेपनी त्यहाँ सुरक्षामा खटेका सुरक्षाकर्मी पैसाको प्रलोभनमा परी मुखदर्शक भएर हेर्ने गरेका छ्न । गुलेरिया सिमानाका बिना अनुमति अबैध रुपमा संचालनमा रहेको मदिरा पसलहरु संग मासिक रुपमा रु ५ हजार रकम सशस्त्र प्रहरी लाई बुझाउने गरेको पसल सञ्चालकहरु नै नाम नखुलाउने सर्तमा बताउछन् । अबैध रुपमा दर्जनौं मदिरा पसल नेपाली सिमाभित्र संचालनमा आएको र त्यहाँ भण्डारण गरिएको रक्सी मदिरा रातिको समयमा भारत तीर लैजाने गरिएको स्थानीय शंकर यादवले जानकारी दिए ।
सो क्षेत्रमा दैनिक रुपमा लाखौ रुपैयाँ राजश्व छली हुँदै आएपनि सशस्त्र प्रहरी बल बेलदारीका सशस्त्र प्रहरी निरीक्षक राजकुमार झा ले भने आफ्नो इलाकाको सिमानाकामा कुनै किसीमको अवैध काम नभएको दाबि गरेका छन् ।