बारामा ६४ लाख भन्दा बढीका अबैध सामान प्रहरीको नियन्त्रणमा

रामबाबु मेहता,साउन १७ गते ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगन्ज बाट प्रहरी बरिष्ट नायव निरीक्षक त्रिभुवनलाल स्साह्को कमाण्डमा खटिएको प्रहरीको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बाट उक्त अबैध सामान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।
प्रहरीका अनुसार वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख ७१६६ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा सपोटिंग बिल नभएको र सामानको श्रोत खुलाउन नसकेपछी रु.६४ लाख ५८ हजार २ सय ७४ रुपैयाँ बराबरको लोड गएिको ईलेक्ट्रोनिक गुड , लिष्टिक र वाईरिंगको सामान समय नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको ट्रक र सामानलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी गराए ।
आफ्नो प्रतिक्रिया दिनुहोस





