श्रीमान द्वारा श्रीमतीको घाटी रेटी हत्या

मुकेश मेहता,
साउन १० गते-
बारा जिल्लाको सिम्रौनगढ़मा आज बिहान एकजना यूवाले आफनै श्रीमतीको घाँटी रेटी हत्या गरेको छ ।
सिम्रौनगढ़ नगरपालिका ६ को बजार टोलमा बुधबार बिहान ४ बजेको समयमा जहीर मियाँ चुडियारका ज्वाई भारत बिहारको पूर्वी चम्पारण जिल्लाको चिरैया थाना अंतर्गत पर्ने रुपौलिया गाउँका २७ बर्षिय अमीरुल मियाँले आफ्नी २२ बर्षिया श्रीमती आस्मिन खातूनलाई सुतीरहेको अवस्थामा धारिलो हतियारले शरिरको बिभिन्न भागमा प्रहार गरी घाँटी रेटेर हत्या गरेको मृत्कका परिवारजनले जनाएको छ । बिहानको समयमा होहल्ला भएपछि मृतकका परिवारजन घर जादाँ आस्मिन खातून रगतले लतपतिएकी थिइन यस्री हत्या गरी सकेको अवस्थामा देखेपछि
सो घटनाबारे मृतकको परिवारजनले प्रहरीलाई जानकारी गराउन बितिकै इलाका प्रहरीकार्यालय सिम्रौनगढका प्रहरीको टोलीले घटना स्थलबाट हत्या आरोपी अमीरुल मियाँलाइ नियन्त्रणमा लिएको छ ।
श्रीमान श्रीमती विच पहिले देखि झगडा हुँदै आएको थियो बिहान एक्कासी लुकिछिपी घरमा आएरे सुतीरहेकी श्रीमतीलाइ धारिलो हतियारले पटक पटक प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुशन्धान भइरहेकोले बिहिवार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी गराउने जिल्ला प्रहरीकार्याल बाराले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close