जनताको मुहारमा खुशी ल्याउने चाहना छ – प्रचण्ड

चितवन-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना व्यक्त गनुर्भएको छ ।
चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन जानु भएका अध्यक्ष प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो धारणा राख्नुभएको हो ।
प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटक सम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुशी ल्इाउन सक्दो पहल गरेको पनि बताउनुभयो । उहाँले चितवनमा नमूना विकासको प्रयास गरेको भन्दै त्यसलाई अब देशव्यापी विस्तार गर्ने पनि बताउनु भयो ।
प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलार्य नेपाली जनताले कदापी सहन नसक्ने बताउनुभयो । उहाँले माओवाद िपार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएकोले अब जनताको मुहारमा खुशी ल्याउन पनि माओवादीले नै नेतृत्व गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘चितवनमा अहिले नमूना विकासको प्रयास गरेका छौं, आगामी दिनहरुमा निकै ठूलो फड्कोका तीव्र गतिमा विकास र समृद्धिको नयाँ मोडेल चितवनले प्रदर्शन गर्नेछ ।’चितवनको विकासको मोडेल देशैभरी विस्तारित गर्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा विजय सफल व्यवसायी वामपन्थी यूवा नेता विजय घलेका साथै मुस्लिम समुदायका महत्वपुणर् नेतृत्वहरू विभिन्न महिला समुहका युवाहरू माओवादीमा प्रवेश गरेका थिए । देशको परिबर्तनको मुलधारको नेतृत्व अध्यक्ष क। प्रचण्ड र माओबादी पार्टी नै भएको भन्दै उनीहरु माओवादीमा प्रवेश गरेका बताएका छन् ।






