जागिरको म्याद थपको निणर्य कार्यनवयन गराउन सिम्रौनगढका मेयर साहलाई ज्ञापन पत्र

रामबाबु मेहता, पुष ९
करार अस्थायी ज्यालादारी कर्मचारी संघ सिम्रौनगढ बाराले नगर प्रमुख, नगर उप प्रमुख ज्यु र सु-शासन समितिलाई करार र ज्यालादारिका कर्मचारिहरुको नितिगत निणर्य गरि म्याद थप गर्नलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार संघका अध्यक्ष नितेश प्रसाद यादव को नेतृत्वमा नगरकार्यपालिकाको कार्यालयमा गएको क्रमचारीहरुले नगर प्रमुख किशोरी प्रसाद साहलाई ज्ञापन पत्र बुझाएको छ ।
सिम्रौनगढ नगरपालिकाको साविक गाविस , नगरपालिका र नेपाल सरकारको अन्य निकायबाट विभिन्न पदमा नियुक्त भई नगरपालिबाट तोकिएको जिम्मेवारी अनुसार कर्मचारिहरु नियमानुसार काम काज गर्दै आईरहेकोमा निज कर्मचारिहरुलाई आ.व. २०७८/०७९ को तलब बाकी राखी २०७९ असोज महिना सम्मको तलब भुक्तानी गरि नगरपालिकाले मिति २०७९ असोज २८ को चं.नं.२८३ को विषय म्याद थप सम्बन्धि पत्रमा २०७९ कार्तिक १ गते देखि कर्मचारीहरुको कामको मुल्यांकन नै नगरि होचुवाको तालमा कामकाज नगर्नलाई म्याद थप नहुने सूचना नगरपालिकाको आधिकारिक व्यक्ति वा नपाको अन्य माध्यमबाट सूचना नपाई अन्य व्यक्तिको सामाजिक सञ्जालबाट कार्यालय समय सकिसकेपछि बाहिर आउदा कर्मचारी संघले नगरपालिकाको मुलगेटमा लामो समय सम्म तालाबन्दी समेत गरेको थियो ।
उक्त विषयमा तालाबन्दिको २३ औ दिनमा जिल्ला प्रशासन कार्यालय बारामा मिति २०७९/७/२० गतेका दिन बसेको बैठकबाट भएको निणर्य अनुसार सु शासन समितिले श्रोतको व्यवस्थापन हुने गरि १५ दिन भित्रमा नगरपालिका बार्डमा प्रतिवेदन पेश गर्ने र प्रतिवेदन को आधारमा कर्मचारीहरुको विषयमा निणर्य गर्ने भनी भएको सम्झौता पछि कर्मचारि संगठनले ताला खोली कार्यालयको कामकाज सुचारु गराएको थियो । उक्त सम्झौताका अनुसार १५ दिनको समय २० दिन बितिसक्दा पनि कुनै निणर्य हुन नसक्दा कर्मचारी संघले मिति २०७९/८/२८ गते प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार न्यौपाने लाई म्याद थप गर्ने विषयमा नगर प्रमुख नगर उप प्रमुख र जिल्ला प्रशासन कार्यालयलाई बोद्वार्थ गरि पत्र बुझाएको थियो । सो पत्रको समय पनि मिति२०७९/९/६ गते बितिसके तर पनि कुनै ठोस निणर्य नहुदा र उक्त विषयमा कर्मचारी संघलाई कुनै किसिमको लिखित वा मौखिक रुपमा केही जानकारि पनि नगराउदा करार र ज्यालादारिमा रहेका कर्मचारिहरु अन्यौलमा नै रहेको कर्मचारीहरुको भनाई रहेको छ । कर्मचारिहरुको म्याद थप सम्बन्धि सिम्रौनगढ नगरपालिकाबाट म्याद थपहुने कर्मचारीहरुको यथाशीघ्र नितिगत निणर्य गरि आ.व.२०७८/०७९ मा भुक्तानि बाकि रहेको तलब भता र २०७९ कार्तिक १ गते देखि बाकि रहेको तलब समेत भुक्तानी गर्न माग गर्दै करार अस्थायी ज्यालादारि कर्मचारि संघले नगर प्रमुख नगर उप प्रमुख र सु-शासन समिलाई ज्ञापन पत्र बुझाएको छ ।