हिंसात्मक बन्दै सिम्रौनगढ नपाको बिवाद

रामबाबु मेहता,साउन २२-
बाराको १६ पालिका मध्ये अती बिबादित हुदै गएको सिम्रौनगढ नगरपालिकाको बिबाद बढदै गएर हिंसात्मक बन्दै गएको छ ।
उक्त पालिकाको नगर परिषद , पुरानो आमदानी खर्च, बकयौता कर्मचारीको तलब , करार तथा ज्यालादारीमा गर्ने कर्मचारीहरुको म्याद थप लगायतका विषयमा निरन्तर बिवाद हुदै हिंसामा परिणत भएको छ ।
सोही विषयलाई लिएर गत शुक्रवार अन्दाजी राती साढे १० बजेको समयमय वाडा नम्बर ७ स्थित खजानी गाउँमा नगर परिषदको माइनटमा ललाइ फकाई प्रलोभनमा पारी हस्क्षरगराउन खोजेको भन्दै एकजना महिला सहित ३ जनालाई स्थानियले कुटपिट गरिएको वाडा नम्बर १ का वाडा अध्यक्ष दिनदेयाल मुखियाले जानकारी गराएका छन्
स्थानियको कुटपटिबाट नगर प्रमुख किशोरी साहका स्वकिय सचिव सुभास प्रसाद उनका बुबा मुक्ती महतो
कोइरी, आमा सुरज पति देबी र वाडा नं ३ का स्थानिय गौरी शंकर यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयय बाराले जनाएको छ । घाइतेहरुको उपचार कलैया स्थित प्रदेशिक अस्पतालमा भएको प्रहरीले जनाएको छ ।
यता आफु र गौरी शंकर यादव मेरो छोरीको बिहेमा बारेमा आफनै घरमा बसेर आवश्यक छलफल गरिरहेको बखत जयन्त कुशवाहा, वाडा नम्बर ३ का वाडा अध्यक्ष, अयजुललाह अंसारी,वाडा नम्बर ४ का वाडा अध्यक्ष अवधेश सहनी लगायतका चालिस पचास जनाको समूहमा आएको स्थानियहरुको हुलले नगर परिषदको माइनुटमा हस्ताक्षर गराएको भन्दै आफुहरुलाई कुटपिट गरि घाइते बनाएको सुबाष प्रसादले बताएका छन् । घटना बारे गहिरो अनुशन्धाल भइरहेको बाराका प्रहरी प्रमुख हf]बेन्द्र बोगटी जनाएका छन् ।






