बाराले विकासको अथाह सम्भावना बोकेको छ – अर्थमन्त्री डा.महत

शुभमसन्देश
संधिय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लामा विकासको अथाह सम्भावना रहेको भन्दै त्यो सम्भावनाअनुसार काम नभएको बताएका छन् । यहाँका किसानलाई सुनकोशी मरिन डाइर्भसनले सिँचाइमा थप मद्दत पुग्ने उनले बताएका छन् ।
महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस जिल्लाको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर माथि उठोस् भन्ने सरकारको चाहना रहेको बताए ।
उनले भने, ‘कृषिका कारणले मात्र बारा महत्त्वपूर्ण होइन, सिमरा औद्योगिक करिडोर पनि यसै जिल्लामा रहेकाले धेरै उद्योग व्यवसाय स्थापित भएकोछ । अझै धेरै उद्योग व्यवसाय यस क्षेत्रमा आओस् भन्ने सरकारको चाहना पनि हो । यसले स्थानीय जनताको रोजगारी र आवश्यकतालाई थप सहयोग पुग्छ भने उनको भनाइ रहेको छ । खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको समेत मन्त्री डा.महतले बताए।
अर्थमन्त्री महतले तराईसँग काठमाडौँ जोड्ने द्रुतमार्गको निर्माण भइरहेको भन्दै उनले छिटो सम्पन्न गर्नुपर्छ भनेर सरकारले खबरदारी गरिरहेको बताए । यो मार्ग निर्माण भएपछि उनले बाराबाट एक दिनमा काठमाडौँ पुग्ने र काम सकेर फर्किन सकिने बताए ।
सोही क्रममा उनल केन्द्र सरकारले अब स साना योजनाको काम नगर्ने ३ करोड माथिको योजना कन्ेंद्र सरकारले र १ करोड भन्दा माथि प्रदेशले काम गर्ने गरि योजना ल्याउने डा. महतले जनाएका छन् । लोकतन्त्रको खिलाफमा दुस्प्रचार गर्नेहरुले त्यो दिन बिर्सेको छ जुनदिन आधा जनसंख्या खाली खुट्टा हिड्थ्यो एक मालिक र बाकी हुन्थ्यो अहिले जनताको सरकारहो अनि यसको बिरोध गर्नु लज्जास्पद हो हिजो अलि बोल्यो कि जेल जाने भैन्थ्यो आज बोल्न पाका छौ । बाटो बनाउनु भन्दा हाल मोआब्जा खर्च बढी भएको बताउदै धेरै बिकास कार्य धेरै अघि बढ्न नसकेको उनले बताए । केंन्द्र सरकारको साधन श्रोतले भ्याए सम्म महागढिमाई नगरपालिकालाई सहयोग गर्ने संघीय अर्थ मन्त्री डा. महतले जनाए । 

महागढिमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा उदघाटन कार्यक्रममा स्वागत मन्तव्य दिदै महागढीमाई नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत .बिजय कुश्वाहाले २ बिगाहा छेत्रफलमा बनेको नवनिर्मित उक्त भवनमा ३० वटा कोठा,२ वटा सभा हल,६ सौचालय रहेको जानकारी गराए । सो भवन ३ करोड ९५ लाखको लागतमा शारदा चौधरी ज्वाईन्ट भेन्चरले बनाएको प्रशासकिय अधिकृत कुशवाहाले जनाए ।

 

यस्तै सोमबार बाराको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । उनले भने स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं र यसकालागि आवश्यक पूर्वाधार तयार पार्छौ उनले भने । उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताए। ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ। दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ’ मन्त्री डा.महतले भने। सो अवसरमा नेपाली काग्रेंस मधेश प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादव, बारा क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवम् सिम्रौनगढ नगरपालिकाका पूर्व मेयर बिजयशंकर यादव, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थी लगायतको उपस्थिती रहेको थियो । अर्थमन्त्री महतलाई उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले स्वागत गरेका छन् । 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close