नरायणी सिचाइमा जागिर लगाइदिने भन्दै रु ५ लाख ठगेको आरोपमा यादव पक्राउ


कलैया, आफु नरायणी सिचाइ कार्यालयको डी हु बताउदै नरायणी सिचाइ मा जागिर लगाइदिन्छु भन्दै एक जना युवा संग रु ५ लाख ठगेको आरोपमा बारा प्रहरीले एक जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको परवानीपुर गाउँपालिका वाडा नम्बर २ रामपुर टोकनीका दिपक यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवले जाहेरी वाला कृष्णा कुमार साह र आशा देवी चौहान संग नगद र बैंक माध्यमबाट रु ५ लाख ठगी गरेको आरोप रहेको छ ।

यस्तै सो ठगी कार्यमा मुख्य भूमिका लुम्बनी प्रदेशमा मनोनित संसद समेत रहेकी सुमन राय माझीले खेलेकी हुन भन्दै निज दुबै जना उपर जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा जाहेरी दरखास्त पर्दा यही चैत्र २५ गते यादव र रायमाझी उपर प्रहरीले ठगी मुद्धा दता गरेको छ । जस्को दर्ता नम्बर ६१८ रहेको जिल्ला प्रहरी कार्यालय बाराको मुद्धा फाटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मातहदका प्रहरीले तदारुकताका साथ बुधवार आरोपीत दिपक यादवलाई पक्राउ गरी प्रहरीको हिरासतमा राहेको खबर पाए पछी जाहेरी वालाले न्याय पाउने बिशवास बढेको छ ।
पक्राउ परेको आरोपित लाई छुटाउन बिभिन्न राजनितिक दबाव र प्रलोभन समेत आईरहेको जाहेरी बालाले साहले बताएका हुन । यस संदर्भमा बारा प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले आफुहरु नियम र कानुनले जे भन्छ त्यही गर्ने हो । प्रहरी कसैको दबाव र प्रभावमा आएर काम गर्ने हाईन यस बिषयकमा अनुशन्धान भईरहेको छ आरोपीत पक्राउ परेको छ । कानुन बमोजिम प्रकृया अगाडी बढेको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close