कलैया–बिरगंज हुलाकी राजमार्गमा सहकारीको रोटाभेटर चोरी

राजु कुशवाहा,कलैया। कलैया–बिरगंज हुलाकी राजमार्गमा सहकारीको एक रोटाभेटर चोरी भएको हो ।

गत बिहिवार राति ९ बजेपछि कलैया–बिरगंज हुलाकी राजमार्गस्थित सिसहनिया चौकदेखि पश्चिम कोइरिया टोला र पूर्वतर्फ द गार्डेन रिसोर्ट सामुने रहेको श्री कुश कृषि सहकारी संस्था लि. को कार्यालय तथा रासायनिक मल बिक्री केन्द्रबाट एक रोटाभेटर चोरी भएको छ।

उक्त रोटाभेटर नेपाल सरकारको कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बर्दिबासको लगानीमा आ.व. २०८१/८२ मा खरिद गरिएको थियो।

बिहीबार बिहान ७:३० बजे अनुदानको रासायनिक मल (डी.ए.पी.) वितरण गर्ने समय तय गरिएको थियो। राति ८ बजे पसल बन्द गर्दा उक्त रोटाभेटर बिक्री केन्द्रमा राखिएको अवस्थामा थियो। तर बिहान मल वितरण सकेपछि हेर्दा रोटाभेटर हराएको देखिएको र बिहान करिब ११:०० बजे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको सहकारीले जनाएको छ।

जानकारी पाएको तत्कालपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाई अनुसन्धान थालिएको जिल्ला प्रहरीकार्यालय बाराले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close