जनकपुरमा वकिलहरुको कुटपिटबाट पत्रकार महासंघका अध्यक्ष सहित ४ जना घाइते

जनकपुरधाम,। नेपाल बार एसोसिएसनका वकिलहरूको कुटपिटबाट नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजारा, महासचिव शैलेन्द्र महतो (क्रान्ति) सहित चार जना पत्रकार घाइते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको गुठी संस्थानको जग्गामा नेपाल पत्रकार महासंघका पदाधिकारी रोहवरमा तारबार लगाउने क्रममा वकिलहरूले पत्रकारहरूमाथि आक्रमण गर्दा अध्यक्ष सहित चार जना घाइते भएको नेपाल पत्रकार महासंघले जनाएका हुन् ।
घाइते हुनेमा अध्यक्ष श्याम बनजारा, महासचिव शैलेन्द्र साह (क्रान्ति), पत्रकार दिवाकर राय र अनिलकुमार निराला रहेको छ । महासचिव क्रान्तिको पैतालाको हड्डी भाँचिएको छ । उनका अनुसार, महासंघले गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको चार कट्ठा जग्गामा भवन निर्माणको तयारी गर्दै तारबार लगाउन थालेपछि वकिलहरूले पार्किङ स्थलको दाबी गर्दै अकस्मात आक्रमण गरे ।
महासचिव क्रान्तिका अनुसार, गुठी संस्थानले जेठ ७ गते गोरखापत्रमा जग्गा लिजका लागि सूचना प्रकाशन गरेको थियो । विभिन्न संस्थाको प्रस्ताव मध्येबाट नेपाल पत्रकार महासंघको प्रस्ताव स्वीकृत भएको र साउन २ गते गोरखापत्रमा उक्त सूचना प्रकाशित भएका थिए । साउन ९ गते गुठीले पत्र पठाएर सम्झौताका लागि आह्वान गरेको र साउन १९ गते सम्झौता सम्पन्न भएको उनले बताए ।
पत्रकार महासंघले उक्त जग्गामा प्रदेश समितिको भवन निर्माण गर्ने योजना बनाएको छ, तर वकिलहरूले सो स्थान आफ्नो पार्किङस्थल भएको दाबी गर्दै आक्रमण गरे ।
नेपाल पत्रकार महासंघका महासचिव रामजी दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा वार एशोसिएसन धनुषाको अध्यक्ष विमल मिश्रको नेतृत्वमा वकिलहरुको एक समुहले तारवार गर्दै गरेका अवस्थामा हाम्रा मधेश प्रदेशका पदाधिकारीहरु माथि गरिएको आक्रमणको घर निन्दा गर्दैै उक्त आक्रमणमा नेतृत्ववर्गका पदाधिकारीहरु घाइते भएको हुँदा उनका यथाशिघ्र स्वास्थ्य लाभको कामना गरे ।
“अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौं त्यही हुन्छ” भन्दै पत्रकार माथि भएको आक्रमण प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गर्दछ । पत्रकार माथि आक्रमण गर्नमा संलग्नहरुलाई पहिचान गरी तत्काल कानुनी कारवाही गर्नुपर्नेमा जोड दिदै महासचिव दाहालले घाइते पत्रकारको उपचार र भविष्यमा यस प्रकारको घटना दोहोरिन नदिने प्रबन्ध मिलाउन महासंघ सम्बध निकाय संग जोडदार माग गरेको प्रकाशित विज्ञप्तीमा उल्लेख रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close