प्रगतिशिल सहकारी संस्था सधारण सभाको उद्घाटन सप्पन्न

शर्मा बैठा – बाराको विश्रामपुर गाउँपालिका वडा नं ५ नकटुवा टोल स्थित ब्रहमबाबा मन्दिर परिसरमा प्रगतिशील कृषि सहकारी संस्था लिमिटेड को अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा उक्त सहकारी संस्थाको उद्घाटन सम्पन्न भएको छ । यस उद्घाटन कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवारको, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टो ,मधेस प्रदेश एमाले कमिटी सदस्य धर्म्देव यादव ,माओवादी केन्द्र बिश्रामपुर अध्यक्ष लवकुश बैठा ,एमाले बिश्रामपुर अध्यक्ष मनिर देवान ,श्री नेपाल अधारभुत लक्षमी नरायण स्कुल ब्यवस्थापन समिति अध्यक्ष कृषणा सार र विश्रामपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अमिरीलाल गुप्ता वडा न,२ काे वडा सदस्य मन्जुर मिया लगायत जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो। 
यस समारोहमा बिश्रामपुर गाँउपालिकाको कार्यपालिका सदस्य रागनि देवीले यस टोलका ज्येष्ठ महिला नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।
यो संस्था बि.स.२०७८ साल श्रावण महिना देखि नै अनौपचारिक रुपमा सञ्चालनमा रहेको तर आज देखि कानुनी प्रक्रिया पुरा गरि औपचारिक रुपमा उद्घाटन भएको छ । १२४ जना सदस्य भएको यस संस्थामा करिब ५० लाख बराबरको रकम जम्मा भएको छ ।
यस उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरुले प्रगतिशिल कृषि सहकारी संस्थाको सफलताको कामना गर्नु भएको छ । अतिथिहरुले हालै प्रकाशित बिश्रामपुर गाउँपालिकाको SEE नतिजा राम्रो नभएकोले चिन्तन ब्यक्त गर्नुभएको र यसको सुधार लागि शिक्षा क्षेत्रमा सुधार गर्न गाउँपालिका अध्यक्षसंग आग्रह गर्नुभएको छ र गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टोले गाउँपालिका को यति धेरै लगानि पश्चात SEE को नतिजा राम्रो आउन नसकेको प्रति चिन्तन ब्यक्त गर्नु भयो र यसको लागि हरेक पक्ष ( शिक्षक, अभिभावक, गाउँपालिका )को सक्रिय सहभागिता हुन जरुरी रहेको बताउनुभयो । गाउँपालिकाले आउदो SEE को नतिजा उत्कृष्ट ल्याउन सकेसम्मको प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
प्रमुख अतिथि बिनोद जैसवारले यस संस्थाको सफलताको कामना गर्नु भएको छ । मलखाद स्थानिय तहको अधिकार क्षेत्र भन्दा बाहिर रहेकोले हामी स्थानिय कृषकहरुलाई आवश्यकता अनुसार मलखाद उपलब्ध गराउन सकेको छैनौ लगायतको मन्तब्य व्यक्त गर्नुका साथै कृषि सहकारीले अर्गानिक उत्पादन, बाली उत्पादन, सिँचाइ, कृषि उपजको खरिद बिक्री, बजार व्यवस्थापन, कृषि सामग्रीको बेचबिखन, भण्डारण र , डिपार्टमेन्ट स्टोर सञ्चालन गर्न सहयोग पुर्याउने आपेक्षा गर्नुभएको छ ।






