राजस्व संकालनमा कलैया यातायात कार्यालयले फड्को मार्यो
आठ महिनामा महिनामा रु २१ करोड ७० लाख संकलन : प्रमुख दास

रामबाबु मेहता ,,जेठ १९ । बाराको कलैया उपमहानगरपालिका वडा नं ३ गगांपुर स्थित यातायात व्यवस्था कार्यालयले राजस्व संकलनमा फड्को मारेको छ । कार्यालयले चालु आ.व .२०८१/८२ को साउन १ गतेदेखि जेठ ६ गते सम्मको ८ महिना ५ दिनको अवधिमा ८ करोड २१ लाख ७० हजार १ सय ३२ रुपैया बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख अरविन्दर दासले बताए । सो कार्यालयले सबैभन्दा बढी सवारी कर शीर्षकमा राजस्व संकलन गरेको तथ्यांक रहेको छ । जसमा ३ करोड ८३ लाख ८७ हजार रुपैया संकलन भएको प्रमुख दासले जानकारी गराए।
सो कार्यालयको तथ्यांकअनुसार अनुमती पत्र पास (नयाँ) शिर्षकबाट रु.एक करोड ७९ लाख ६५ हजार राजस्व संकलन गरिएको छ। त्यसपछि अनुमति पत्र दर्ता (नयाँ ) शिर्षकमा रु. ८३ लाख ७६ हजार तथा पटके शिर्षकबाट रु. ३९ लाख ९२ हजार ४० संकलन भएको तथ्यले देखाएको छ। साथै दर्ता थपमा रु. ३३ लाख ६२ हजार र नवीकरण शिर्षकमा रु. २७ लाख १६ हजार राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ। सवारी नवीकरण ,विविध ,शुल्क आयकर र अन्य शिर्षकहरुबाट पनि मनग्य आम्दानी भएको तथ्यांकमा उल्लेख छ।
प्रमुख दासले सेवाप्रवाहलाई सहज,पारदर्शीता र जनमुखी बनाउन आफू कुनै कसर बाकी नराखेको बताए ।साथै कर्मचारी ब्यवस्थापन,अनुगमन र प्रबिधिको प्रयोगमा विशेष ध्यान दिईएको छ। दासका अनुसार डिजिटल प्रणालीको प्रभाकारिताले सेवाग्राहीहरु संतोषजनक रहेको छ। राजस्व तिर्न र सवारीसाधन सम्बन्धि काम गर्न सजिलो भएको छ। कार्यालय प्रमुखले भने, माघ ८ गतेदेखि म कार्यालयको जिम्मेवारी सम्हालेका दासले आफ्नो कार्यकालपछि मासिक राजस्व रु.६१ लाखले बढेको दाबी गरेका छन् । कलैयामा देखिएको यो सुधार प्रदेश सरकारको प्रशासनिक सक्रियता र संस्थागत क्षमताको उदाहरणको रुपमा लिईएको हो ।आगामी दिनमा प्राविधिमैत्री ,पारदर्शी र सेवामुखी प्रक्रियाबाट राजस्व संकलनमा थप फड्को मार्ने प्रमुख दासले बताए।






