कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न प्रहरीको आलटाल

पचरौता -२६ असार-

बाराको पचरौता नगरपालिका कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टरलगायतका सामग्री तोडफोड गरेको घटनामा संलगन रहेका उपर कार्वाही गर्न बारा प्रहरीले आलटाल गर्दौ आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले बताए गत १० असारमा नगरपालिकामा काम गरिरहेका कर्मचारीलाई गाली र धाकधम्की दिँदै केही व्यक्तिहरुले कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टरलगायतका सामग्री तोडफोड गरेका थिए । नगरपालिकाले घटनालगतै प्रहरीलाई खबर गरेर घटनाको विवरण जानकारी गराएको थियो । त्यसपश्चात नगरपालिकाले उक्त घटनामा संग्लन रहेका व्यक्तिको पहिचान गरि ११ असारमा कारबाहीका लागि प्रहरीलाई पत्राचारसमेत गरेको थियो ।

पालिकाले कर्मचारीहरुमा डर त्रास रहेको र कार्यालयमा भएको क्षतिपूर्तिका निम्ती तथा शान्ति सुरक्षाको व्यवस्था गर्न भनि घटनामा संलग्न सातजनाविरुद्ध किटानी उजुरीसहित कारबाहीको माग गरिएको थियो । घटनामा संलग्न पचरौता–२ का मनोज कुमार यादव, पचरौता–६ का मकबुल मिया अन्सारी, पचरौता–६ का प्रदीप चौरसिया, पचरौता–२ का मुनादेवी पासवान, पचरौता–५ का पानालालकुमार यादव, पचरौता–५ का मजिद मिया मन्सुरी र पचरौता–४ का रामबालकप्रसाद यादव रहेको दावीसहित प्रहरीमा उजुरी दिइएको थियो । तर, बारा प्रहरीले ती व्यक्तिहरुलाई पक्राउ गर्ने तथा कानुनको दायरामा ल्याउन कुनै कार्य नगरेपछि नगरपालिकाका कर्मचारी काम गर्न कार्यालय नआउने भएका छन् ।

नगरपालिकाले पटक–पटक बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीलाई जानकारी गराउँदासमेत उजुरी दर्ता नगरेपछि नगरपालिकाले मंगलबारदेखि स्वास्थ्यलगायत अत्यावश्यकसहित सबै सेवा प्रवाह बन्द गरेको छ । १० असारमा नगरपालिकाको कार्यालयमा भएको तोडफोड र कर्मचारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिलाई कारवाही गर्न प्रहरीले चासो नदेखाएको भन्दै सेवा ठप्प पारेको नगरपालिकाले यसबारे सोमबार नै विज्ञप्ति जारी गरेर जानकारी गराएको थियो । तर, दोषी पक्राउ नपरेपछि आजबाट नगरपालिकाका कर्मचारी सेवा ठप्प पारेर विरोधमा उत्रिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले कार्यालयमा काम गर्ने वातावरण नभएका कारण सेवा बन्द गर्नु परेको बताए । उनले नगरपालिकाको कार्यालयमा भएको घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न समेत माग गरेका छन् । कर्मचारीको मनोबल खस्किएको र आत्मसम्मानमा ठेस पुगेका कारण सेवा बन्द गरिएको मिश्रले बताए ।

पचरौता नगरपालिकाका वडाध्यक्ष लक्ष्मी यादव का अनुसार घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्नुपर्ने प्रहरी सोमबार दिउँसो उल्टै नगरपालिकाको कार्यालयमा पुगेर कर्मचारीलाई अनावश्यक सोधपुछ र धम्क्याउने काम गरेपछि दैनिक प्रवाह हुने सेवा रोक्न बाध्य भएको बताएका छन् ।


‘ यता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश साहले पनि मंगलबार विज्ञप्ति जारी गरेर पचरौता नगरपालिकाभित्र भएको घटनाको जानकारी प्रहरीलाई नभएको दाबी गरेका हुन् । आफैं घटनास्थल पुगेर विवरण संकलन गरेको र घटनाबारे पत्राचारमार्फत् जानकारी गराएको विषयलाई प्रहरीले जानकारी नै नभएको विज्ञप्ति जारी गरेको छ ।

प्रहरीलाई पटक–पटक जानकारी गराएको र यस क्षेत्रमा रहेका प्रहरीसमेत कार्यालय आएर घटनाको जानकारी लिएको अवस्थामा सूचना लुकाउँदै प्रहरीले जानकारी छैन भन्नु गैरजिम्बेबारको पराकस्ट भएको पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारले बताए । उनले भने, ‘अब प्रहरीलाई घटनाको जानकारी दिन सिधै प्रहरी प्रदान कार्यालयमै जानुपर्ने हो ? नजिक रहेका प्रहरीलाई खबर गरेपच्यात प्रहरीलाई जानकारी हुन्छ हैन, त्यहीँ नै प्रक्रिया पूरा गरेको हो।’
पटक–पटक आफैं जिल्ला प्रहरी कार्यलय बारा पुगेर प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीलाई जानकारी गरएको र निवेदनसमेत दिएको भन्दै उनले प्रहरीबाट यति संवेदनशील विषयमा यस्तो जवाफ आउनु दुःखत् रहेको पचरौता नगरपालिकाका वडा नम्बर ५ का अध्यक्ष लक्ष्मी यादबले बताए ।
घटनाबारे प्रहरी जानकार रहेको र राजनीतिक दबावका कारण प्रहरीले घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न नसकेको बारा प्रहरीका एक अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । उनका अनुसार सरकारी सम्पति तोडफोड गर्न कसैलाई छुट नभएको र प्रहरीले त्यस्ता व्यक्तीहरुलाई कारवाही गर्न ढिलाई गर्न नहुने भए पनि प्रहरी नेतृत्वको निर्देशन कुरेर बसेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close