साइबर अपराधका अभियुक्त चौरसियाले बदला लिन बुवामार्फत झुठा मुद्दा दायर !


वीरगंज, २५ वैशाख – “आफूलाई पत्रकार“ भन्दै आएका पर्साका एक युवकले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजलाई गुमराहमा पार्न सफल भएका छन् । वीरगंजका रञ्जित चौरसियाले हुदै नभएको घटनालाई नक्कली तथा कीर्ते वितरण तयार गरी झुठा मुद्दा दर्ता गराउँदै पाँच जनालाई फसाउने प्रयास गरेका छन् ।
शुरुमा चौरसियाका बुवा जाहेरवाला सुबाष प्रसाद चौरसियाले घटनालाई लिएर मुद्दा दर्ता गराउन खोजेपनि प्रहरीले विवरण झुठो रहेको देखिपछि मुद्दा दर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी पर्साले घटना अतिरञ्ति रहेको बुझेपछि उजुरी लिन नमानेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चौरसियाका बुवाले उच्च अदालतमा झुठो बिवरण पेश गरेको र उच्च अदालतले निर्देशनात्मक आदेश गरेपछि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । निर्दोष व्यक्तिहरुलाई फसाउँन चौरसियाले झुठो वितरण र किर्ते कागजातहरु पेश गरेको पिडितका परिवारजनले बताएका छन् ।
पिडित परिवारका अनुसार बिन्दबासिनी गाउँपालिकामा भएको सामान्य घरेलु विवादलाई अतिरञ्जित गर्दै छुरा प्रहार भएको झुठो विवरण अदालतमा पेश गरिएको देखिन्छ । चौरसियाले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने, बेइज्जती र अमानवीय शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि तत्कालीन पोखरिया नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव सहित पाँच जनाले संयुक्त रूपमा साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दामा फरार रहेका चौरसिया पछि अदालतमा हाजिर भई ७५ हजार धरौटीमा रिहा भएका थिए । सो मुद्दा हाल जिल्ला अदालत पर्सामा बिचारधिन अवस्थामा रहेको छ ।
त्यसैको प्रतिशोध स्वरुप आफ्नो बुवालाई अगाडी सार्दै साइबर मुद्दा खेपिरहेका चौरसियाले पाँच निर्दोष व्यक्तिलाई फसाउन खोजेको देखिन्छ । आफ्नै गतिबिधिका कारण पत्रकार तथा सामाजिक क्षेत्रबाट समेत बहिष्कृत चौरसिया झुठो उजुरी दिएर आफैं दोषी सावित हुँदै कारबाहीको भागीदार बन्ने अवस्थामा पुगेका छन् ।

स्थानीयका अनुसार चौरसियाका बुबालाई कुनै प्रकारको कुटपिट भएको थिएन । उनी पूर्णरुपमा सकुशल रहेका र यातायात व्यवस्था कार्यालय पर्सा अगाडि दैनिक देखिने गरेका छन् । स्थानियहरुका अनुसार चौरसियाका बुवा यातायात कार्यालय पर्सामा बिचौलियाको काममा सकृय रहेका छन् ।

घटनास्थलमा उपस्थिति नै नरहेका व्यक्तिहरूलाई पनि मुद्दामा तानिएकोप्रति स्थानीय राजनीतिक र सामाजिक तहमा आक्रोश देखिएको छ । अदालतलाई गुमराह पार्न खोजिएको यस कार्यलाई अत्यन्त निन्दनीय भन्दै सर्वसाधारणले भित्र भित्रै जुर्मुराएका छन् ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शुरुमा झुठा विवरण भएका कारण मुद्दा दर्ता नगरिएको र छलफलबाट विवाद समाधान गर्न सुझाइएको बताएका छन् । तर, चौरसियाले अदालतबाट परमादेश गराएपछि अनुसन्धान गर्न प्रहरी बाध्य भएको बताए । अदालतको निर्देशन ५ जना मध्ये २ जनालाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक मिश्रले बताए ।

अनुसन्धानको प्रारम्भिक तथ्यांक हेर्दा झुटो उजुरी दिइएको स्पष्ट देखिएको र अदालतलाई समेत गुमराह पार्न खोजिएको भन्दै मुद्दा दर्ता गराउनेमाथि पनि कारबाही हुनसक्ने देखिएको छ ।

यसअघि साइबर क्राइमको मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साको टोली चौरसियालाई पक्राउ गर्न जाँदा जिल्लाकै एक भ्रष्ट प्रहरी सहायक निरीक्षकले चौरसियालाई फोनमार्फत सूचना दिएर घरबाट भाग्न सहयोग गरेको आरोप समेत छ ।

पटक–पटक विवादमा मुछिंदै आएका चौरसिया हाल फेरि अदालतलाई गुमराहमा पार्न सफल भएको देखिन्छ । उनले स्वच्छ छवि भएका राजनीतिककर्मी र पत्रकारहरूलाई बदनाम गराउने प्रयास समेत गरिरहेको भन्दै चाँडै पत्रकार समुदायबाटै विरोधका स्वर उठ्नसक्ने समावादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष तथा कालिका टाइम्स दैनिकका सम्पादक शम्भु कुमार सुमनले बताए ।

झुठा मुद्दामा पक्राउ परेका पोखरीया नगरपालिका तत्कालिन नि. प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवसँग अबैध रुपमा पैसा माग गरेको तथा दिन नमानेपछि समाजिक सञ्चालमा चरित्र हत्या गर्ने स्टाटस चौरसिायले लेखेका थिए । आरोपी बनाएका अन्यहरु व्यक्तिहरुको समेत चौरसियाले समाजिक सञ्जाल फेसबुकमा तथानाम गाली बेइज्जती हुने गरी स्टाटस लेखेका थिए ।

निर्दोष व्यक्तिलाई फसाउँने जस्ता जघन्य अपराधमा समलग्न रहेको रन्जित चौरसिया,उनका बुवा सुबास प्रसाद चौरसिया र घटनालाई अतिरन्जित बनाउँने मुख्य योजनाकार राघव साहलाई कानुनी दायरामा ल्याउँन कुनै कसर बाकी नराख्ने नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य मनोज चौधरीले बताए ।सम्भार नेपाल पोस्ट डेलि बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close