सिम्रौनगढ न.पा का प्रमुख प्रशासकीय अधिकृत जैसवालले दिइएको अभिव्यक्ति प्रति महासंघ बाराको घोर भत्सर्ना

- शुभम सन्देश कलैया , बैशाख ५ । बाराको सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जैसवालले समाचारको बिषयमा दिइएको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ बाराको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रशासकीय अधिकृत जैसवालले नेपाल पत्रकार महासंघ बाराको कार्य समिती सद्स्य तथा स्थानीय मिलन राष्ट्रिय दैनिक नामक पत्रीकाका कार्यकारी सम्पादक नरेश गुप्तालाई दिइएको धम्किपुर्ण अभिव्यक्ति धम्कीपुर्ण रहेको ठ्हर गर्दै सो अभिव्यक्ति को घोर भत्सर्ना गरिएको छ । महासंघ बारा शाखाको सचीव पुष्पराज खतिवडाले शुक्रवार एक प्रेस बिज्ञप्ति जारि गर्दै सरकारी निकाएको जिम्मेवार ब्यक्ति बाट आएको धम्कि र दुव्र्यवहारको महासंघ बाराले आपति जनाएको छ । समाचार प्रति चित नबुझे सम्बन्धित निकाए छदाछदै अधिकृत जैसवालको धम्कीपुर्ण अभिव्यक्ति आउनु प्रेस स्वतन्त्रता लाई कुण्ठित पार्ने काम भएको प्रति महासंघ बाराले आपत्ति जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






