सिम्रौनगढमा जनमत पार्टीको पार्टी प्रवेश तथा जनसभा

शुभम सन्देश , सिम्रौनगढ । जनमत पार्टी सिम्रौनगढ नगर समिति द्धारा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सिम्रौनगढ निवासी युवा नेता अजित महतो कांग्रेस पार्टी परित्याग गरि सय भन्द बढी जना शुक्रबार जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह द्वयबाट टीका माला लगाई जनमतमा प्रवेश गरेका हुन्।
आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले सिम्रौनगढ ऐतिहासिक पावन भुमिबाट सभालाई सम्बोधन गर्न पाउँदा अत्यन्तै भावबिभोर भएको बताए।
शासकले जसरी ईतिहास पढाए त्यसै जाने तर अध्यन गर्दै जादा यहाँ हरिदेव सिंहले राज्य गरेको सबल र समृद्ध थियो। शासकले सिम्रौनगढलाई ओझेलमा राख्ने काम गरे जो पुराना दलका थिए। विकास हुँदै जान्छ तर मानसिक गुलामी कहलेसम्म ? अब यसबाट मुक्ति पाउन अब जनमतकि विकल्प छैन । जनमत पार्टीाई बलितो बनाउन संगठन र ०८४ को निर्वाचनमा बहुमत दिन जनतालाईअपिल गरे।
यसै उक्त जनसभालाई सम्बोधन गर्दै सिम्रौनगढको विकास नहुनुमा पछिल्ला सरकार जिम्मेवार हो। सडक , नाला , पोखरी सौन्दर्यकरण तथा कोल्ड स्टोर बन्न नसक्नुको कारण खोजबिन गरिने प्रतिबद्धता जनाए। अब चाँडै नयाँ बजेटमा प्राथमिकिरणको आधारमा बजेट विनियोज गरि जनमतको सरकारले सुम्रौनगढलाई ऐतिहासिक, धार्मिल र पर्यटन प्रबद्धन गरिने मुख्यमन्त्री सिंहले बताए।
यसैगरि सोही सभालाई जनमतका केन्द्रीय नेता डा. जयकान्त राउत, केन्द्रीय उपाध्यक्ष बसन्त कुमार कुश्वाहा , पर्यटन मन्त्री सकिल हक मियाँ, बन मन्त्री त्रिभुवन साह, केसन्द्रिय सदस्य रौशनी खातुन, रामबाबु साह, परभुनाथ पटेल , मधेश प्रदेश सदस्य गजानन्द यादव, संतोष पटेल लगायतकाले पार्टी सुदृढिकरण र विकास बारे मधेश सरकारले जनताको मन जित्न लाग्नु पर्नेमा जोड दिए। बजनताले अब जनमतलाई नै अगामी निर्वाचनमा भोट दिएर बहुमत दिलाउन आग्रह गरेका थिए। कार्यक्रम विजय ठाकुरकि अध्यक्षतामा सम्पन्न भएको हो।






