इङलिस जौन पब्लिक स्कुल नरही बाराको नव निर्मित भवनको समुदघाटन सम्पन्न

कलैया कार्तिक १५ । बाराको करैयामाई गाउँपालिका ८ नरही स्थित रहेको ईङ्लिस जौन पब्लिक स्कुलको नव निर्मित भवनको उदघाटन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।                                               बिगत १० बर्ष देखि संचालन हुँदै आएको ईङ्लिस जौन पब्लिक स्कुलको उदघाटन वडा अध्यक्ष दिनेश चौधरी , जग्गादाता लोकेन्द्र फौजदारले संयुक्तरुपमा उदघाटन गर्नु भएको छ । हिन्दुहरुको महान चाडपर्व दिपावली तथा छठपर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चौधरीले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनु भयो । ग्रामिण क्षेत्रमा संचालनमा रहेको निजि बिधालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउदै शिक्षाको स्तर ,भौतिक संरचना बाल मैत्री हुनुपर्नेमा जोड दिनु भएको थियो ।
ईङ्लिस जौन पब्लिक स्कुल नरही बाराको जग्गा दाता लोकेन्द्र फौजदारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष रामबाबु मेहता, वडा न ८ का वडा अध्यक्ष दिनेश चौधरी , ईटहर स्कुलको शिक्षक अर्जुन चौधरीले शुभकामना मन्तव्य राखेका थिए । नव निर्मित भवनको उदघाटन कार्यक्रममा बिधालयका छात्र छात्राले नृत्य प्रस्तुति गरेका थिए । ईङ्लिस जौन पब्लिक स्कुलको प्रधानाध्यापक पुजा फौजदारको सहभागितामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रमानन्द चौधरी तथा संचालन शिक्षक भुपेन्द्र चौधरीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close