बारामा अवैध चान्दी सहित दुई जना पक्राउ

रामबाबु मेहता- कार्तिक ९ गते । बारा प्रहरीले १४ किलो अवैध चाँदी सहित आज दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ६ प्रस्टोका ३३ बर्षिय सन्तोष साह र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ गमरगाहा बस्ने २७ वर्षीय सुरेश महतोलाई सो परिमाणको अवैध चाँदी सहित प्रहरीले पक्राउ गरेको हो । साहबाट ९ किलो र महतोबाट ५ किलो गरी १४ किलो चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रकाश सापकोटाले जानकारी गराएका छ्न। बरामद गरिएको चाँदीको बजार मूल्य करिब २५ लाख रहेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी गराएका हुन । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ प्रहरी नायव निरीक्षक त्रिभुवन प्रसाद साहको कमान्डमा खटेको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जबाट पथलैयाबाट हेटौडा जाने क्रममा ना ५२३ प २५८४ नम्बरको मोटरसाइकल र ना ५५ प ३९३२ नम्बरको मोटरमा सवार मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको टङ्की भित्र लुकाई फल्स बटम बनाई लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको चान्दी र पक्राउ परेकाहरु उपर थप अनुशन्धान भइ रहेको प्रवक्ता सापकोटा ले जनाएका छ्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close