बाराबाट ५२ लाख मूल्य बराबरको भन्सार छलीका सामान पक्राउ

रामबाबु मेहता
बारा प्रहरीले ५२ लाख मूल्य बराबरको भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जबाट ४७ लाख १९ हजार १२३ रुपैँया बराबरका सामान बरामद गरेको प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए ।
वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ७ ख ८२१९ र ना ७ ख ६५६४ नम्बरको मिनी ट्रकबाट भन्सार छलीका स्पेयर्स पार्टस पक्राउ गरिएको प्रहरी प्रवक्ता न्यौपाने बताउँछन्

यसैगरी महोत्तरीबाट चितवनतर्फ जाँदै गरेको ग २ ख ५६३ नम्बरको मिनि ट्रकबाट २२५ बोरा १० हजार १ सय २५ किलोग्राम प्याज ५ लाख ६ हजार २ सय ५० रुपैँयाका नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराए ।
पक्राउ परेका सामानहरुमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी न्यौपानेले जनाएका छन्

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close