बिभिन्न कार्यक्रम गरी बारामा २९औं जनयुद्ध दिवस मनाइयो

शुभम सन्देश,
बारा जिल्लाको सदरमुकाम कलैया,सिम्रौनगढ,निजगढ लगायत बिभिन्न ठाउँमा मैनबत्ती बालेर माओवादी केन्द्रले २९औं जनयुद्ध दिवस मनाइएको छ ।
कलैयाको चौक भरत चौकमा अखिल क्रान्तिकारी बाराको आयोजनामा मैनबत्ती बालेर माओवादी केन्द्रले २९औं जनयुद्ध दिवस मनाइएको छ । भरत चौकमा नेकपा माओवादी केन्द्र कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साहको अध्यक्षता भएको सो कार्यक्रममा सोमवार देशको गणतन्त्र माथी प्रहार हुदैछ त्यो सुनियोजित होगणतन्त्र यतिकै आएको हैन यसको ंठूलो बलिदानी बाट आएको राजतन्त्रको कुरा जो छ त्यो हल्ला मात्र हो त्यो हवामा न लागन अग्रग गर्दै आज को न्यालय नै राजनीति मा फसेकोछ अब को लडाइ कार्यकारी राष्टपतीको लागि हुने वक्ताहरुले बताए ।
कार्यक्रममा प्रमुख अतिथी प्रभु यादब,कलैया नगर पालिका उपाध्यक्ष रमेश साह,सुनिल कुशवाहा,आबिद हुसैनअंसारी,कलैया उपमहानगरपालिका सहसचिव बिक्रम साहले आआफ्नो मन्तव्य राखेकोसंदिप गुप्ता ले जानकारी गराए ।
अखिल (क्रान्तिकारी ) जिल्ला अध्यक्ष संदिप यादवले संचालन गरेको कार्यक्रमा प्रमान्द कुश्वाहा,उमेश यादव,मोहन राम,राजन पटेल ,लक्ष्मी पटेल,संजय साह,सोनालाल प्रसाद साह,दिपक यादव,ओजेर आलम,बिनोद तुलाधर,रंजन साह,बिक्की माली,सोनु प्रसाद कुर्मी,धिरज पटेल,अभिन्यु साह,उमेश प्रसाद साह, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहता लगायतको उपस्थिति रहेको थियो ।

यस्तै सिम्रौनगढमा नेकपा माओवादी केन्द्र नगर कमिटीको आयोजनामा पुलचौक नजिक कोणसभा गरि मैनबत्ती बालेर जनयुद्ध दिवस मनाईयो सो कोण सभामा श्यामकिशोर यादव, भोजेन्द्र यादव, संतोष कुशवाहा संजय यादव ,बेदामी महतो लगायतको सहभागिता रहेको थियो ।

यस्तै निजगढ नगरपालिका वडा नम्बर १० लाल स्थित सहिद स्तम्भमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको हो । सो अवसरमा निजगढ नगर कमिटीका अध्यक्ष संतोष दंगालले मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो ।
२०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो

यसैगरि परसौनी गाउँपालिकामा बृजकिशोर कुशवाहाको अध्यक्षतामा कोणसभा तथा दिप प्रजवलन कार्यक्रम गरि जनयुद्ध दिवस मनाईएको छ ।






