बारामा दुई पक्ष बीचको झडपमा प्रहरीले गर्यो गोलि फायर

मुकेश मेहता- बाराको पचरौता नगर पालिका स्थिति बेनौली गाउँ मा झन्डा मेला लगाउने बिषयमा भएको झडप र ढुङ्गामुडा शान्त पर्न बारा प्रहरीले ८ राउन्ड गोली प्रहार गरेको छ । वर्सौ देखि छठ पर्वको भोलिपल्ट लाग्ने झन्डा मेलाको ब्यवस्थापन गर्न भइरहेको छ्लाफल मा दुइ पक्ष बिच विवाद भइ दुबै पक्ष बिच झडप र ढुङ्गामुडा हुन लागे पछि सो झडप र भीडलाई तीतर बितर पार्न प्रहरीले गए राती करिब ११ बजे देखि ८ राउन्ड गोलि हवाई फायर गरि झडप शान्त गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त झडपमा परि केही ब्याक्तीहरु घाइते भएक छ्न,। घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close