बन्द नगर अस्पताल खुलाउन मेयरलाई ३ दिने अल्टिमेटम

सिम्रौनगढ सम्वाददाता- बारा जिल्लाको सिम्रौनगढ नगर पालिका स्थिति नगर अस्पताल तीन महिना देखि बन्द रहदै अएकोमा उधोग वाणिज्य संघ सिम्रौनगढ शाखाका अध्यक्षले सो बन्द अस्पताल खुलाइ सेवा सुचारु गराउन आज मेयरलाई ज्ञापनपत्र बुझाएको छ
अस्पताल बन्दका कारण सो नगर पालिकाका नगर बासीहरु निजि अस्पतालहरुमा चर्को रकम बुझाए उपचार गराउन बाध्य भएको छ ।
सिम्रौनगढ नगर पालिकामा बढ्दै गएको विवाद पछि नगर पालिकाका मेयर किशोरी प्रसाद कलवारले अस्पतालमा कार्यरत करारका सबै कर्मचारी लाई काम गरे वापतको तलब समेत नदिइ जागीर बाट हटाए पछी करिब तीन महीना देखि अस्पताल बन्द रहदै आएको कर्मचारीहरु बताउ छ्न । मेयर कलवारलाइ बुझाइको ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार तीन दिन भित्रमा अस्पतालको सेवा सुचारु गराउने अन्यथा आफुहरुले नगरपालिकाको कार्यालयमा तल्ला बन्दी गर्न बाध्य हुने उल्लेख गरिएको छ । सो ज्ञापनपत्र मेयार जयसवाल बुझाउदै उधोग वाणिज्य संघ सिम्रौनगढ शाखाका अध्यक्ष लालबाबू कुशवाहाले अस्पतालको सम्पुर्ण सेवा सुचारु गराउन नगरपालिकाले तुरुन्त पहल गरोस जनतालाई स्वास्थय सेवा बाट बन्चित गर्नु अपराध हो र यस्ता अपराध अब नागरिकले बर्दास्त नगर्ने बताएका छ्न ।





