अवैद्ध कुखुरा भारतबाट आउँदा नेपाली कुखुराले बजार नपाएको गुनासो

कलैया , १५ श्रावण
भारतबाट अवैद्ध रुपमा भारतीय कुखुरा नेपालमा आउँदा नेपाली कुखुराले बजार नपाएको गुनासो गर्दै सिमानाकामा कडाई गर्ने माग गर्दै सोमबार कुखुरा ब्यवसायी सँघ बाराले पत्रकार सम्मेलन गरी आफना दुखेसो पोखेका छन् ।पत्रकार सम्मेलनको आयोजना गर्दै कुखुरा ब्यवसायी सँघ बाराको महासचिव सुदेश कुमार गुप्ताले भारतीय प्रतिबन्धित कुखुरा भारतबाट बाराको पिपरपाती, कबहीगोठ , बसतपुर , मटिअर्वा, फेटा कचोर्वा , सिम्रौनगढ, र बैरिया , नाका हुदै दिनहुँ प्रहरीको मिलोमतोमा भारतबाट चोरी पौठारी गरी अवैद्धरुपमा भारतीय कुखुरा नेपाल भित्रयाई नेपालमा बिक्री बितरण गरीएको हुनाले यसमा प्रहरी प्रशासनको पनि मौनता कुखुरा ब्यवसायीहरुले बताए । यस्री भारतबाट ल्याउदै गरेको कुखुराले गर्दा हामी जस्ता साना किसानहरु नेपाल सरकारको राजश्व नतिर्ने अवस्थामा पुगि सकेको अवस्था आइसकेको महासचिव गुप्ताले जानकारी गराए । अबैध भारतीय प्रतिबन्धित कुखुराले गर्दा रोग पनि सार्ने खतरा उच्च रहेको गुप्ताले बताए ।
अवैध भारतीय प्रतिबन्धित कुखुराको ओसारपसार कार्य अबिलम्ब रोकि नेपाली किसानको समस्या बुझिदिनु हुन जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाई पत्रकार सम्मेलन गरेको जानकारी महासचिव गुप्ताले दिएका छन्। साथै अबैध भारतीय प्रतिबन्धित कुखुराको ओसारपसार नरोकिएमा हामि नेपाली किसानहरु र कुखुरा व्यवसायी संघ बारा कडा सँघर्षको साथै आन्दोलनमा उत्रिने समेत जानकारी गराएका छन्।






