लागु औषध सहित सिम्रौनगढमा एक यूवक पक्राउ

रामबाबु मेहता-
बाराको सिम्रौनगढमा ला.औ.ईनजेक्सान र मोटर साइकल सहित एक जना भारतिय यूवालाई विहवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण पोष्ट बिजबनि ग्राम अगरवा वडा नं.२ बस्ने अ.बर्ष २८ को मोहन प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट प्रहरी नायब निरिक्षक श्याम प्रकाश यादवको कमाण्डमा खटिएको टोलिले भारत बाट नेपला तर्फ आउदै गरेको द्यच् ण्छ ग् द्धण्घठ नं.को मोटर साइकल चालक यादव लाई रोकी चेकजाँच गर्दा एक वटा बोरामा लुकाई चछिपाई राखेको अबैध ला.औ.ईनजेक्सन डाईजोपाम-९ सय थान फेनारगन-९ सय पिस र नोर्फिन-९ सय पिस जाम्मा दुई हजार सात सय पीस लागु औषध र एक थान मोबाईल,मोटर साइकल सहित यादवलाइ पक्राउ गरिएको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतमा राखी थप अनुशन्धान भई रहेको बारा प्रहरी प्रवक्ता राजेश थापाले जानकारी गराउनु भएको छ ।






