मधेश प्रदेशको ४ जिल्लाको सिमानाका बन्द हुने

२३ वैशाख,वीरगञ्ज । भारतको लोकसभा चुनाव अन्र्तगत बिहारको मधुवनी जिल्लामा हुने चुनावका लागि मधेश प्रदेशका ४ जिल्लाको सिमानाका बन्द हुने भएको छ । भारतसँग जोडिएको मधेस प्रदेशको चार जिल्लाको सीमानाका बन्द हुने भएको हो ।
मधुवनी जिल्लामा फरक फरक दिनमा दुई क्षेत्रमा लोकसभाको चुनाव हुने भएकोले मतदानभन्दा ७२ घण्टा पहिले सीमानाका बन्द हुन लागेको हो । आइतबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्म र जेठ ४ गते राति १२ बजेदेखि ७ गते राति १२ बजे सम्म नेपालभारत सीमा बन्द भएको हो ।
मधुवनीका डिएम अरविन्द कुमार वर्माले धनुषा, सिरहा, सप्तरी र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र लेख्दै केही महिना पहिले भारतको मधुवनीमा भएको सीमा जिल्ला समन्वय समितिको बैठक अनुसार चुनावका लागि ७२ घण्टा अगाडी बोर्डर बन्द गर्न आग्रह गरेका हुन् ।
मधुवनीको झन्झारपुर संसदीय क्षेत्रमा यहि मंगलबार मतदान हुँदै छ भने मधुवनी संसदीय क्षेत्रमा जेठ ७ गते मतदान हुँदै छ ।






