पचरौता नगरपालिकाको आ ब ०७९/०८० को ९ औ नगर सभा सम्पन्न

बारा-
पचरौता नगरपालिकाको आ ब ०७९/०८० को ९ औ नगर सभा सम्पन्न ,६२ करोड ८४ लाख ८२ हजार १३२ रुपैयाँको अनुमानित नीति तथा कार्यक्रम सार्वजनिक मिलन ,न्युज डेस्क कलैया असोज १४ । पचरौता नगरपालिकाको आ ब ०७९/०८० को ९ औ नगर सभा शुक्रबार सम्पन्न भएको छ । नगर सभाले ६२ करोड ८४ लाख ८२ ह्स्जार १३२ रुपैयाँको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । पचरौता नगरपालिकाको सभा हलमा आयोजित नगर ९ औ नगर सभाको नगर प्रमुख जलान्धर सिंहले पानसमा दिप प्रजल्न गरि उदघाटन गर्नु भएको थियो । पचरौता नगरपालिकाको आय तर्फ नेपाल सरकारको अर्थ मन्त्रालय बाट प्राप्त बितिय समानिकरण अनुदान अन्तर्गत रु १२ करोड ६३ लाख शसर्त अनुदान तर्फ रु १८ करोड ६५ लाख संघ समपुरक अनुदान १ करोड ६० लाख संघ बिशेश अनुदान १ करोड राजश्व बाडफाड अनुदान ९ करोड ४९ लाख ८० हजार,प्रदेश सरकार बाट बितिय समानिकरण अनुदान रु ८९ लाख८८ हजार प्रदेश शर्सत अनुदान गरि पुजिगत तर्फ २१ करोड ४५ लाख ४६ हजार ,चालू तर्फ ४१ करोड ३० लाख ३५ हजार गरि जम्मा रकम ६२ करोड ८४ लाख ८२ हजार १३२ रुपैयाँको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । पचरौता नगरपालिकाको हरेक क्षेत्र शिक्षा , कृषी , स्वास्थ लगायत भौतिक पुर्वधारको बिकासको लागि बजेट बिनियोजन गरिएको नगर प्रमुख सिंहले बताउनु भयो । नगर अस्पतालको स्तर उन्नतिको लागि जरनेटर्को ब्यवस्थापन संगै आउने दिनमा पचरौराबांसिको लागि ५० सैयाको अस्पताल निर्माण गरिने बताउनु भयो । कृषी बिकास तर्फ २ करोड ३७ लाख ,पशुपंक्षी बिकास कार्यक्रमको लागि ९ लाख ८० हजार बजेट बिनियोजित गरिएको नगर सभामा जानकारी गराईएको थियो । पचरौता नगरपालिकाको उपप्रमुख नसिमा खातुनको अध्यक्षतामा भएको नगर सभामा नीति तथा कार्यक्रम वडा अध्यक्ष लक्ष्मी यादवले गर्नु भएको थियो । त्यसैगरी नगर प्रमुख सिंहले आ ब ०७९/०८० को बजेट सार्वजनिक गर्नु भएको थियो । सो अवसरमा वडा अध्यक्ष ,नगरबांसी ,कर्मचारी सुरक्षा कर्मी लगायत संचारकर्मीहरुको सहभागिता रहेको निमित्त कार्यालय प्रमुख गौरी शाहले जानकारी गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close