प्रमुख जिल्ला अधिकारी द्वारा सिम्रौनगढमा असिना पानीले बालीमा भएको क्षतिको अनुगमन

शुभम सन्देश , सिम्रौनगढ । गत आइतबार अकस्मात परेको असिना पानीले बाराको सिम्रौनगढ लगाएत जिल्ला को केही भागमा मकै,तरकारी तथा फलफुलमा ठूलो क्षति पुर्याएको छ। 
तरकारी र माछको पकेट क्षेत्र रहेको सिम्रौनगढ नगरपालिकामा परेको असिना पानीले मकै तथा तरकारी बालिमा लाखौंको क्षति पुर्याएको छ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर १ र ७ टोलमा परेको असिना पानी गर्दा बालि भित्राउने तरखरमा रहेको मकै बाली,तरकारी तथा फलफुलमा अधिकान्स क्षति पु-याएको हो । 
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको नेतृत्वमा गएको टोलिले आज अनुगमन गरेका छन्। अधिकारीको नेतृत्वमा रहेको प्रशासनको टोलिले सिम्रौनगढ क्षेत्रमा अनुगमन गरेका हुन्। उनले किसानहरुसंग छलफल समेत गरेका हुन्। यश अघि बारा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सान्सद अच्युत मैनालीले समेत क्षती भएको बालीको अनुगमन
गरि किसानलाई राहत दिलाउने वाचा गरेका थिए । 
स्थानीय विपद व्यवस्थापन समितिले किसानहरुको बाली के-कतिको क्षति भएको मुल्यांकन गरिरहेका छ । कृषि ज्ञान केन्द्र बाराले किसानहरुलाई क्षतिपूर्तिको फारम दिई क्षतिपूर्ति दिलाउनलाई पहल गर्ने प्रमुख जिल्लाअधिकारीले बताएका छन् । यस्तै असिनाले गर्दा आँप,लिच्चि लगायतका फलफुलमा समेत क्षति पुगेको छ। यसले उत्पादनमा ठूलो असर परेको किसानहरुले बताएका हुन । भारी मात्रामा असिना परेकाले
तरकारी खेतिमा समेत असर पुर्याएको छ।
प्रमुख जिल्ला अधिकारी को नेतृत्व गएको सो अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,स्थानीय तथा सिम्रौन गढ नगरपालिका का जनप्रतिनिधि,किसानहरु लगायतको सहभागिता रहेको वाडा नम्बर ७ का वाडा अध्यक्ष बिबेक मेहताले जानकारी गराए । किसानलाई पुगेको क्षतिको क्षतिपूर्तिको लागि कृषि मन्त्रालयमा सिफारिश गर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालय बाराले गरेको छ ।






