मसानघाट जग्गा प्रकरण स् उपमहानगर र मालपोत द्वारा सर्वोच्चमा पुनरावेदन

बारा, ८ असोज ।

सार्वजनकि मसानघाटको जग्गा व्यक्तिको नाममा कायम गर्ने उच्च अदालत वीरगञ्जको फैसला उपर जीतपुर सिमरा उपमहानगर र मालपोत कार्यालय सिमराले सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् ।

उच्च अदालत जनकपुर,अस्थायी ईजलाश वीरञ्गजका न्यायधीश द्वय सीताराम मण्डल र साधुराम सापकोटाको संयुक्त ईजलाशले मसानघाटको जग्गा व्यक्तिको नाममा कायम गर्ने फैसला गरेका हुन् ।
सो फैसलाउपर उपमहानगर,मालपोत कार्यालय समिरा र वडा नं ४ को वडा कार्यालयले सर्वोच्च अदालतमा छुट्टाछुटै् पुनरावेदन गरेका छन् ।

मालपोतले महान्यायधविक्ता कार्यालय र उपमहानगर र वडाले कानुन व्यवसायी मार्फत सर्वोच्चमा दोह्रोर्याइ पाँउ भनी निवेदन दिएका हुन् । उच्च अदालत वीरगञ्जको उत्प्रेषण परमादेशको आदेश बदर गरी पाँउ’ मालपोतले सर्वोच्चमा दिइएको निवेदनमा उल्लेख छ । सावीक प्रीपा समिरा गाविस हाल जीतपुरसिमरा उपमहानगरको वडा नं ४ मा रहेको कीत्ता न ५९ को ६ बगिाहा ८ कठ्ठा जग्गा २०७८ माघ २४ गते उच्च अदालत वीरगञ्जले व्यक्तकिो नाममा फैसला गरेको थियो ।
फील्डबुकमा प्रष्ट्रसँग मसानघाट भनी उल्लेख भएको जग्गा २०४७ साउन ३० गते काठमाडौ धर्मस्थली घर भएका रामचन्द्र गौतमले फर्जी कागजपत्रको साहारामा आफ्नो नाममा कायम गरेका थिए । सो जग्गा हाल समिरा स्थति ईच्छा होटलका मालिक तथा प्रोपटी म्यानेजमेन्टका सञ्चालक ईच्छाबहादुर वाग्लले प्लटङ्गि गरेर बेचबखिन गरेका छन् । गौतमले गुठी संस्थामा कही उल्लेखै नभएको ककफरदहवा’ गुठी खडा गरेर जग्गा आफ्नो कायम गरेको मालपोत कार्यालय समिराले जनाएको छ ।

फर्जी कागजपत्रको साहारामा दुषति प्रकयिावाट २०४७ सालमा गौतमको नाममा कायम भएको जग्गा २०७७ अशोज ३० गते मालपोत कार्यालय सिमराले राज्यको नाममा ल्याउने नणर्िय गरेको थियो । मालपोत कार्यालय सो नणर्िय उपर प्रोपर्टी म्यानेजमेन्टका सञ्चालक वाग्लले उच्च अदालत वीरगञ्जमा अन्तरीम आदेशको माग गर्दै रीट निवेदन दिएका थिए । वाग्लेको रीट निवेदनमा अदालतले प्राकृतीक न्यायको सिद्धान्तको हवला दीदै यसअघी मालपोतले गरेका सम्पुणर् नणर्िय बदर गर्दै मसानघाट भनी जनएिको फल्डिबुक समेत सच्याउन नापी कार्यालय सिमरालाई नर्दिेशन दएिको थियो । अदालतको सो फैसलाको पुणर् भने फैसला गर्ने न्यायधशिको अवकाश पछी मात्रै सार्वजनकि गरिएको थियो ।

मालपोतले सर्वोच्चमा दिएको पुनरावेदनमा के  छ

जीतपुर समिरा उपमहानगर र मसानघाटको जग्गा भएको वडा नं ४ को वडा कार्यालयले भदौ ३० गते र मालपोत कार्यालय समिराले भदौ १७ गते उच्च अदालत वीरगञ्जको फैसला उपर सर्वोच्च अदालतमा दोह्रोयाई पाउ भन्दै नविेदन दएिका छन् । उपमहानगर, मालपोत र वडाले मुख्यतं पहिलो पटक सार्वजनकि जग्गा कर्तिे गर्ने रामचन्द्र गौतम र विवादीत जग्गा भन्ने जान्दा जान्दै सस्तो मुल्यमा किनेर प्लटङ्गि गरेर बेचबखिन गर्ने प्रोपर्टी म्यानेजमेन्टका सञ्चालक ईच्छाबहादुर वाग्लेलाई वपिक्षी बनाएर सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

मालपोत कार्यालय सिमराले कित्ता नं ५९ को ६ बगिाहा ८ कठ्ठा जग्गा सार्वजनकि घोषणा गर्नुको ७ वटा आधार र कारणहरु सर्वोच्च अदालतमा प्रमाण सहति पेश गरेको छ । जसमध्ये जग्गा धनी महल खाली र कैफीयत महलमा मसानघाट उल्लेख भएको,गुठी संस्थान केन्द्रीय कार्यालयबाट गुठी जग्गा सम्वन्धमा अनुसन्धान गर्दा फरदहवा गुठी भन्ने अभीलेख कही कतै नभेटएिको,
गुठी संस्थानमा ऐलानी प्रत िसरकारी प्रकृतीको जग्गा मात्रै गुठी अधनिस्त गुठी तैनाथी, गुठी रैतान, राज गुठी भन्ने गुठीमा उल्लेख भएका जग्गा फरक फरक प्रकृतीको जग्गा भएको गुठी रैतानी गर्दा गुठीलाई तनिुपर्ने कुतवाली, रैतानी रकम बुझाएको हुनुपर्ने सो बुझाएको अभिलेख नभएको हचुवाको भरमा गुठी उल्लेख भएको, नापजाँच गर्दा फील्डबुकमा गुठीको जग्गा भनी उल्लेख हुनुपर्नेमा नभएकोले सो जग्गा सार्वजनीक प्रकृतीको भएको भन्ने देखएिको छ ।

मालपोतले सो जग्गा यसअघ िसार्वजनकि मसानघाट भनी घोषणा गर्नुका आधारहरुमा गुठीमा लगत नभएको, लगत कायम नभएको, २०२४ सालको जम्दिानी मालपोत असुली भएको आधार मान्ने तर गुठी संस्थान उल्लेख गुठीको लगत नहुनु, विभागयि र्निदेशनलाई वेवास्ता गरी व्यक्ती विशेषका नाममा सार्वजनकि जग्गा दर्ता गर्ने निणर्य नै दुषति प्रकारको रहेको र दुषीत प्रक्रयिाबाट व्यक्ती बिशेषको नाममा दर्ता भएकोले दर्ता बदर गरी सरकारी सार्वजनीक कायम गर्न जीतपुर समिरा उपमहानगर र स्थानिय प्रशासनको पत्र समेतको आधारमा सार्वजनीक कायम गरिएको भनी मालपोतले सर्वोच्चमा बुझाएको पत्रमा उल्लेख छ ।
साथै सो जग्गा सार्वजनीक हुनुका पछाडी रामचन्द्र गौतमले भरेको ७ नं फाँटवारी, २०२१ सालम नै मसानघाट भनी उल्लेख भएको फील्डबुक,गुठी संस्थान वीरगञ्ज गुठी तहसील तथा खर्च कार्यालयको जग्गा दर्ता गर्ने २०४३ साल भदौ १६ गतेको टीप्पणी, २०४५ अशोज १८ गतेको जग्गा मा जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन मालपोत कार्यालय बारालाई पठाएको पत्र,

मालपोत वीभागले २०४६ चैत ९ गते मालपोत कार्यालयलाई पठाएको पत्र, उच्च अदालत वीरगञ्जको फैसला,वडा कार्यालयको सर्जमीन मुचुल्का, २०७७ अशोज २२ गते जिल्ला प्रशासन कार्यालय बाराको पत्र र मालपोत कार्यालय आफैले गरेको नणर्िय संग्लन प्रमाणहरु सर्वोच्चमा पेश गरेको मालपोत कार्यालय सिमराले जनाएको छ । सिमरा मालपोतका प्रमुख राजेन्द्र प्रसाद पौडेलले भदौ ८ गते सम्पुणर् आधार र प्रमाणहरु संग्लन मालपोतको कर्मचारी नै खटाएर महान्यायधीवक्ता मार्फत सर्वोच्चमा पेश गरिएको बताएका छन् ।

यस अघी मालपोतले भदौ १५ गते सम्पुणर् प्रमाण सहति सर्वोच्चमा पुनरावेदन गर्न पठाएको फाईल भित्रको महत्वपुणर् कागजपत्र बीचैवाट हराएपछी पुन भदौ १७ गते कर्मचारी आफै सर्वोच्च पुगेका थिए ।

मुचुल्कामा हस्ताक्षर गर्नेलाई अख्तयिारमा बयान

अख्तयिार दुरुपयोग अनुसन्धान आयोगले मसानघाटको जग्गा रामचन्द्र गौतमको नाममा कायम गर्न सर्जमनि मुचुल्कामा हस्ताक्षर गर्नेहरुलाई बयानका लागी धमाधम बोलाएको छ । आयोगले २०४२ सालमा फर्जी कागजपत्रको साहारामा जग्गा गौतमको नाममा कायम गर्न मुचुल्कामा हस्ताक्षर गर्ने तत्कालीन प्रधानपञ्च मुकुन्द बहादुर क्षेत्री, उपप्रधानपञ्च शान्ती थापा लगायत तत्कालीन मापपोतका कर्मचारीलाई खोजी खोजी बयानमा बोलाएको अख्तयिार श्रोतले जनाएको छ ।

सिमरा नापीले सच्यायो फील्डबुक

२०२२ सालमा तत्कालीन उपप्रधानप्रन्च प्रभुनाथ उपाध्यायको रोहवरमा जग्गा धनी महल खाली भएको तर फल्डिबुक र श्रेस्तामा मसानघाट भनी जनाइएको सार्वजनीक जग्गामा नापी कार्यालय सिमराले गौतमको नाममा फील्डबुक कायम गरेको छ । उच्च अदालतको फैसला उपर सार्वजनीक जग्गा संरक्षणमा पुनरावेदन जानुपर्ने नीकायले नै माफीयाको पक्षमा फील्ड बुक सच्चाएको भन्दै मालपोत कार्यालयले भने नापीकार्यालयको कार्यशैलीको बिरोध गरेको छ ।
फील्ड बुक सच्याउदाँ मालपोत सँग नापीले सुझाव लनिुपर्ने कानुनी व्यवस्था छ तर हामीलाई कुनै जानकारी नै नगराइ हतारमा फल्डिबुक सच्चाएर रामचन्द्र गौतमको नाममा कायम गर्नु नापीको कार्यशैली शंकास्पद देखएिको छ’ मालपोत कार्यालय सिमराका एक अधकिारीले भने ।
तर, नापी कार्यालय सिमराका प्रमुख प्रभु प्रसाद कोईरीले उच्च अदालतको फैसलामै फील्ड बुक सच्याउन र्निदेशन आएकोले अदालतको आदेशको मानहानी हुने डरले फील्डबुक सच्चाईएको बताए । अदालतको फैसला कार्यन्वयन गर्नु भनेर पत्र आएकोले फील्डबुकमा मसानघाट भनी उल्लेख भएको बुदाँलाइ नहटाई कैफयितमा रामचन्द्र गौतम भनी उल्लेख गरेका हौ’ नापी प्रमुख कोईरीले भने । (  सभार- यात्रा डेली)

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close