बाराको जगतपुरमा नक्कली घ्यु उत्पादन गर्ने डेरि उधोगका संचालक बिकि पाण्डे जमानतमा रिहा कम्पनीउपर कालोबाजारी मुद्धा दर्ता

रामबाबु मेहता,-

बाराको फेटा गाउँपालिका वाडा नम्बर २ जगतपुरमा नक्कली घ्यु उत्पादन गर्ने डेरि उधोगमा प्रहरीले छापामारी गरि विभिन्न ब्रान्डका नक्कली घ्यु बुधबार बरामद गरेका थियो । विभिन्न दुईवटा फरक नामले संचालन गरेको डेरि उधोगका संचालक बिक्की पाण्डेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो, नियनत्रणमा रहेको सञ्चालकलाई विहिवार प्रहरीले जमानतमा छोडेको छ । उक्त डेरी कम्पनी उपर कालोबजारी अन्र्तगत मुद्धा दर्ता गरी थप अनुशन्धान भई रहेको बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनु भयो । ।
गोप्य सूचनाको अधारमा जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय तथा बाणिज्य तथा खाधगुणस्तर बिभाग बिरगंजको संयुक्त टोलिले जगतपुरमा संचालन गरिएको जय मां लक्ष्मी डेरि उधोग ,गहवामाई डेरि स्टोरिङ्ग घ्यु रिपाकिङ्ग उधोगमा छापामारी गरि नक्कली घ्यु बरामद गरिएको थियो ।


डेरि उधोग बाट उत्पादन भएको नक्कली घ्यु नेपालको प्रसिद्ध ठाउँहरुमा सप्लाई गर्ने गरिएको छ । बरामद भएको नक्कली घ्यु बजारमा फेरि फरक फरक नाम रोयाल ब्रान्ड ,एस गोकुल , सोल्टी घ्यु , कृष्ण कन्हैया नामले घ्युको ब्रान्ड प्याकिङ्ग भएको भेटिएको अनुगमन टोलिका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनु भयो । स्थानीय बिक्की पाण्डेले संचालन गरेको विभिन्न दुईवटा डेरि उधोग एउटै ठाउँ बाट संचालन गर्दै आएको थियो । बरामद गरिएको विभिन्न ब्रान्डका नक्कली घ्यु नाप तौल खाद्य गुणस्तर बिभागमा नमुना पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यो डेरी एक नमुना मात्रै हो बारा र पर्सामा यस्ता धेरै डेरी उधोग रहेको र प्रशासनकै मिलोमतो तथा नेताहरुको सञ्रक्षणमा सञ्चान रहेको स्थानियहरु बताउछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close