कलैयाको तरकारी बजार ब्यवस्थापन गराउन मेयर साहको निर्देशनात्मक सुझाव

रामबाबु मेहता,
बाराको सदरमुकाम कलैया उपमहानगर पालिका स्थित बजारमा रहेको तरकारी बजार केही वर्ष देखि अब्यवस्थित भएकाले जताततै फोहर हुने, दुकान माथि पलास्टीक र झाफरी लगाउने गरेकाले बजारमा अंध्यारो हुने गरेको साथै आवत जावतमा कठीनाइ हुदै आएकोले बजार कुरुप हुदै आएको छ ।


उक्त बजारलाई ब्यवस्थित गराउन कलैया उपमहानगर पालिका का मेयर बिनेद साह आज बिहानै बजार घुम्दै तरकारी ब्यवसायीहरुलाई यथा सिघ्र झाफरी, पलास्टीक हटाउने तथा आ आफना दुकान वरीपरी सफा सुघर राख्ने सुझाव दिनु भएको छ । बारा जिल्ला को सबै भन्दा पुरानो र ब्यवस्थि बजार कुरुपहुदै गएकोमा मेयर साह को ध्यान आकर्षण भएको स्थानियहरु बताउछन ।
आफ्नो प्रतिक्रिया दिनुहोस





