जितपुरसिमरा क्षेत्रका होटलमा देह ब्यपार फस्टाउदै

मनोज शाह जितपुर ,असार 23गते
बाराको जितपुरसिमरा क्षेत्रका अधिकांश होटलमा आज भोली ‘देह व्यापारकको धन्धा फस्टाएको गुनासो बढन थालेको छ ।
देह व्यापार अर्थात् यौन व्यवसायमा लागेका महिला, बालिका र किशोरीको संख्या कति होला ? कुनै आधिकारिक तथ्यांक छैन । महिला, बालिका र किशोरीको क्षेत्रमा कामगर्ने क्रियाशिल संघसंस्थाले समेत यस्ता विषयमा चासो देखाएको पाइँदैन । यौन व्यवसायमा लागेका महिला, बालिका र किशोरीको संख्या यस जिल्लामा मात्र करिब एक हजार दुइ सय भन्दा बढी रहेको अनुमान गरिएकको छ ।
होटल, रेष्टुरेन्ट, खाजाघर, गेस्ट हाउस र क्याबिनमा बालिका र किशोरीहरूलाई ‘ग्राहक रिझाउन कै लागि राखिँदै आएको उनीहरुको ब्यवहारले नै देखाउछन् । उनीहरू प्रायः १४ देखि २० वर्षसम्मका हुन्छन् । तर, उमेर सोध्यो भने मालिक र उनीहरू स्वयंले पनि साँचो बताउँदैनन् । धेरैजसो राम्रो कमाइ हुने आशामा पुर्व, पश्चिम लगायत जिल्लाका ग्रामीण क्षेत्रबाट आएका हुन्छन् ।उनीहरूलाई नै होटल, रेस्टुरेन्ट सञ्चालकहरूले ग्राहक रिझाउने नाममा विस्तारै यौन कार्यमा लगाउँछन् । त्यहाँ भाँडा माझ्ने लगायतका सरसफाइका काम गर्न पाको उमेरका महिला या केटाहरूलाई राखिएको हुन्छ । पछिल्लो समयमा यौ,न व्यवसायमा किशोरी र बालिकाहरू आउने क्रम बढेको छ, तर संख्या किन बढ्यो र उनीहरू कहाँबाट कसरी आइरहेका छन् भन्नेबारे हालसम्म सरोकारवाला कसैलाई चासो छैन । हाल जितपुरसिमरामा साँझ होटलहरुमा कलिला किशोरीहरुलाई यौ,न कार्यमा लगाउने कार्य बढिरहेको छ । होटलहरुमा आजभोली यौ,न व्यवसाय राम्रै फस्टाउन थालेको छ । यहाँका अधिकांश होटलहरुका कोठा यौन कर्मीका लागि बुक भएका हुन्छन् । एक होटल सञ्चालकले यौनकर्मीहरु आएर रात विताउने गरेको स्वीकार गरे । यस्री खुलेआम यौन धन्दा चल्न थालेपछि त्यस क्षेत्रका नागरिकहरु आजित बनेका छन् । नाम नछाप्ने सर्तमा साँझामै बसोबास गर्ने एक जना महिलाले भनिन्, ‘साँझ यस क्षेत्रका होटलहरुमा खुलेआम देह व्यापार चलिरहन्छ । त्यो कसले हटाउने ? राष्ट्रसेवकहरुको कुरै नगरौं । उनीहरु त महिनाबारीमा बाँधिएर संरक्षण गरिरहेका छन् । प्रहरी प्रशासन मौन छ ।’‘होटलले केटीहरु त राखे पनि केही ग्राहकले बाहिरबाटै लिएर आउछन्,’ होटलमा कार्यरत एक मजदुरका अनुसार ‘प्रायः जोडीहरु बाहिरबाटै आउने र रात बिताएर जान्छन् ।’ उनका अनुसार यहाँका अधिकांश होटलमा यौनकर्मी महिला राख्ने गरिन्छ । ग्राहकको माग अनुसार होटल मालिकले महिला तथा किशोरीलाई बोलाइदिन्छन् । एक सर्वेक्षणका अनुसार अमलेखगञ्ज , पथलैय, सिमरा ,नितनपुर, बकुलिय,जितपुर खाजाघर लगायतका होटल तथा रेष्ट्रेण्टमा खुलेआम देह व्यापार हुँदै आएको स्थानीयहरुको भनाई छ । होटलवालाले ग्राहकबाट ५ देखि ७ हजार रुपैयाँसम्म असुल्ने तथा यौनकर्मका लागि बोलाएका महिला तथा किशोरीलाई होटलवालाले मुस्किलले एक हजार पाँच सय देखि दुई हजार रुपैयाँसम्म दिने गरेको खुलेको छ ।
साँझा क्षेत्रका होटल ‘देह व्यापारका कारखाना’का रुपमा समेत चिनिन थालेका छन् । कानुनले बर्जित गरेको देह व्यापारलाई रोक्न कहिलेकाँही प्रहरीले छापा मारेजस्तो नाटक गरेर होटल सञ्चालकबाट मोटो रकम असुल्दै आएको स्थानीयहरुको बताउछन् । सो क्षेत्रका स्थानीयहरुले पटक–पटक आवाज उठाउँदै आए पनि प्रहरीको संरक्षणमा रहेका होटल व्यवसायीको अटेरीका कारण साँझा क्षेत्रमा यौन व्यवसाय फस्टाउँदै गएको बताएका छन् ।
स्थानीयवासीको आग्रहलाई होटल सञ्चालकहरुले बेवास्ता गर्ने गरेका छन् । स्थानीयहरुका अनुसार यौन व्यवसायमा लागेकाहरू प्रायः कलिला किशोरीहरु छन् ।
होटलमा देहव्यापार भइरहेको छ भनेर प्रहरीलाई खबर गर्यो भने उनीहरुले सिधैं होटलवालालाई खबर गरेर यौनकर्मीलाई भगाएर मात्रै प्रहरी आउँछ । चेक गरेजस्तो गरेर रकम असुल्छ, फर्किन्छ,’ नाम नछाप्ने शर्तमा एक जना स्थानीयले भने, साझ त परै जाओस अब दिन दहाडै ‘दिउँसै देह व्यापार फस्टाउँदै गएपछि यहाँका स्थानीयलाई मुख देखाउनै लाज भइसक्यो ।
उनका अनुसार होटलहरुमा सामाजिक सेवामा लागेका जनप्रतिनिधिदेखि प्रतिष्ठित व्यक्तिहरुले समेत यौनलिला मच्चाइरहेका हुन्छन् । जितपुरसिमराका केही जनप्रतिनिधि र प्रतिष्ठित व्यक्तिसमेत होटलवालासँग केटी बोलाइदिन भन्दै मोलमोलाई गर्नुहुन्छ । अरुलाई नीति नियम सिकाउनेले त्यसो गरेको देख्दा आफूहरुलाई लाज लाग्छ । सो क्षेत्रका होटलमा मात्रै होइन, चिया, पसल किराना तथा स–साना घुम्ती पसलमा समेत यौनकर्मका लागि मोलमोलाई हुँदै आएको छ । होटल तथा रेस्टुरेन्ट सञ्चालकहरूले किशोरीहरुलाई राम्रो कमाई हुने भन्दै फकाएर यो पेशामा लगाउने क्रम बढ्दो छ । कमाई हुने लोभमा किशोरीहरू यो पेशालाई सहजै स्वीकार गर्छन् । यौन कार्य भरहेको सूचना आएपछि होटेलहरुमा छापा मार्ने जाँदा केही यौनकार्मी नभेटने गरेको सिमराका डिएसपी युवराज तिमिल्सिनाले बताए । आफनो क्षेत्रमा गलत काम हुन दिन्न, त्यस्तो भएको भए देह व्यापार र चेलिबेटी बेचबिखनमा मुद्दा चलाउँछु,’ डिएसपी तिमिल्सिनाले भने ।उनले साँझा क्षेत्रमा रहेका होटलहरुमा कडाईका साथ निगरानी गर्न प्रहरी टोली खटाइने बताउँदै भने, ‘कानून अनुसार १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमा शारीरिक सम्पर्क गर्नु पनि जबर्जस्ती करणी गरेको ठहर्छ । किशोरी प्रयोग भएको भए हामी त्यस्ता होटल, रेष्टुरेण्ट सञ्चालकलाई कुनै हालतमा छाड्दैनौैं । सिधैं मुद्दा चलाएर अदालत पठाउँछौं ।’यौन व्यवसायमा अधिकांश छोडपत्र गरेर बसेका श्रीमान तथा श्रीमति, वैदेशिक रोजगारमा गएका श्रीमान अथवा श्रीमतिमात्र हैन कलेजमा पढ्ने किशोरीहरु संलग्न रहने गरेका छन् भने दैनिक गुजारा चलाउन मुस्किल हुन थालेपछि राम्रो कमाई हुने लोभमा ग्रामीण क्षेत्रका किशोरीहरु पनि देह व्यापारमा लाग्ने गरेका छन् जितपुरसिमरा उपमहानगरपालिका वडा २१ को दुई नम्बर पुलको छेउमा ,वडा ७ केराढोका मैनरोड , बस पर्का अगाडि , वडा २ बजारको होटेल, वडा ५ खेल मैदानको छेउमा ,वडा १ मैनरोड हेटोल , वडा १० नितनपुर चौकदेखि पुर्व १ सय मिटर रहेको लगायत ठाउमा खुल्लामा देह ब्यापार देख्न पाइन्छ ।





